
शिवसताक्षी, १२ बैशाख । नेकपा एमालेका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीले एमालेले इलाम क्षेत्र नं. २ का लागि युवा र विद्धान उम्मेद्वार सुहाङ्ग नेम्वाङ्गलाई जिताउन आग्रह गरेका छन् ।
आज इलाम क्षेत्र नं. २ का चुलाचुलीको आम सभालाई सम्बोधन गर्दै ओलीले देश बनाउने पार्र्टी एमाले र त्यसमा पनि त्यस क्षेत्रमा एउटा इमान्दार, निष्ठावान र जुझारु युवा भएकाले सुहाङ्गले यहाँका नागरिकमा गरेको भरोसालाई साकार पार्न यहाँका जनता लाग्नु पर्ने बताए ।
अध्यक्ष ओलीले देश बनाउनको लागि निर्णायक राष्ट्रिय शक्ति चाहिने बताए । सधैँ गठबन्धनले देश नबन्ने ओलीको धारणा छ । त्यसैको लागि नेकपा एमालेले मिसन २०८४ भनेको उनले भने, । ‘देश बनाउने हो भने मिसन २०८४ चाहिन्छ’।
देश लगातार ओरालो लागेकोले त्यसलाई रोक्न नेकपा एमालेले नयाँ समीकरण बनाएको छ । सुदृढ राष्ट्रिय शक्ति निर्माणको लागि आजैबाट काम थाल्नु पर्नेमा उनले जोड दिए ।
भावनामा बगेर देश बन्दैन ।उनले भने, भावनामा अनेक थरी कुरा आउँछन् । विद्वेष र घृणा फैलाएर देश विकास हुदैन । पहिचान विरोधी कोही नभएको बताउँदै उनले पहिचानको नाममा सामाजिक सद्भाव नभड्काउन आग्रह गरे ।
ओलीले इलामा क्षेत्र नं २ बाट नेकपा एमालेले अगाडि सारेको र माओवादी केन्द्र, नेकपा र परिवार दलको समर्थन पाएका सुहाङ नेम्वाङको विजय निश्चित भएको दाबी गरे ।
ओलीले अबको दुनियाँमा कसैले कसैलाई ढाँट्न नसक्ने ओलीले बताए । विगतमा कम्युनिष्टले बुढा बुढीलाई गोली हान्छन । भन्नेसम्मका भ्रम फैल्याएको बताउँदै कम्युनिष्टले त्यसलाई चिरेर सामाजिक हितको काम गर्दै अघि बढेको ओलीले प्रष्ट पारे ।
पहिचानका कुरा गर्नेलाई जनजातिको छोरालाई कसले संविधान सभा अध्यक्ष, सभामुख र मन्त्री बनायो ? भन्दै ओलीले प्रश्न गरेका थिए । पहिलो पटक सेना चलाउने रक्षा मन्त्री र राष्ट्रपति महिला बनाउने नै एमाले हो । उनले भने, एमालेले जहिले पनि समानताको कुरा गर्दछ, सबैलाई समान अवसरको कुरा गर्दछ’ ।
झापा क्षेत्र नं. २ का उमेद्वार सुहाङ्ग नेम्वाङले आफु बुबाले देखाएको बाटो र उहाँले पुरा गर्न नपाएका कामहरु पुरा गर्ने पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले इलामको ४२ ओटा वडा हिडिँरहदा केही काम भएको छैन भन्ने अफावह फैलाइएको पनि पाइएको बताए ।
तर उनले सबै वडा घुमिरहँदा हामीले जुन पुल तयौं सायद यहाँका नागरिकहरुले पनि त्यही पुल तर्नु भयो होला । जुन कालो पत्रे सडक भएर हिडियौं सबैले त्यही कालो पत्रे भएरै आउनु भयो होला । उनले भने, त्यस्तैले यहाँका नागरिकहरु अफावहका पछाडी नलाग्न आग्रह गरे ।
इलामेलीको भविष्य र विकासलाई यहाँका नागरिकहरुले छाती ठूलो पारेर हिड्न सक्ने बनाउने उनको भनाई थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



