
इलाम, १७ बैशाख । इलाम–२ मा प्रतिनिधि सभा अन्तगरत भएको उपनिर्वाचनमा नेकपा एमालेले आफ्नो अग्रता बढाउँदै लगेको छ ।
फाकफोक थुम गाउँपालिका र चुलाचुली गाउँपालिकाको १, २, ३ र ५ वडाको मत गन्दा एमाले उम्मेदवार सुहाङ नेम्वाङले १ हजार ९२४ को मतान्तर बनाएका छन् । सुहाङले ७ हजार ३३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्काले ५ हजार १०९ मत ल्याएका छन् ।त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ३ हजार ५१३ मत ल्याउँदा रास्वपा उम्मेदवार मिलन लिम्बु १ हजार १०२ मत सहित चौथो स्थानमा छन् ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



