
हल्दिबारी, ९ जेठ । नेकपा (एमाले) हल्दिबारी गाउँ कमिटीको दोस्रो गाउँ अधिवेशन आगामी जेठ १२ र १३ गते हुने भएको छ ।
आज पत्रकार सम्मेलनको आयोजना गरी अधिवेशनको सबै तयारी पूरा भइसकेको गाउँ कमिटीका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए । अधिवेशनलाई सफल बनाउनका लागि कमिटीका अध्यक्ष त्रिलोचन सापकोटाको अध्यक्षतामा ३०१ सदस्यीय मुल समारोह समिति गठन गरिएको छ ।
मोहनचन्द्र रेग्मीको संयोजकत्वमा आर्थिक उपसमिति, हरिकृष्ण अधिकारीको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, महेश मेचेको संयोजकत्वमा प्रचार प्रचार उपसमिति, खेम न्यौपानेको संयोजकत्वमा स्वयंसेवक परिचालन उपसमिति, प्रकाश चुडालको संयोजकत्वमा खाद्यान्न उपसमिति, कल्पना रेग्मीको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, त्रिलोचन सापकोटाको संयोजकत्वमा प्रतिवेदन लेखन उपसमिति र आरपि शिवाकोटीको संयोजकत्वमा सांस्कृतिक उपसमिति गठन गरिएको छ ।
नेता तथा कार्यकर्ताहरुको योग्यता, क्षमता, इमान्दारी र क्रियाशीलता हेरेर सर्वसम्मत रुपमा नेतृत्व चयन हुने नेकपा एमाले कोशी प्रदेश सल्लाहकार सदस्य मोहनचन्द्र रेग्मीले जानकारी दिए । पार्टी भित्र रहेको अन्तरविरोधलाई समाप्त गर्दै समग्र हल्दीबारीको विकासको खाका अधिवेशनबाट पारित गरेर आगामी मिसन ८४ मा हल्दिबारीमा एमालेले बहुमत ल्याउने दिशामा पार्टी अगाडि बढ्ने एमाले कोशी प्रदेश सदस्य सन्तलाल मेचेले बताए ।
गाउँ कमिटीका अध्यक्ष त्रिलोचन सापकोटाको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा अतिथीहरु सन्तलाल मेचे, मोहनचन्द्र रेग्मी, नरेश चुडाल, सागर पोर्तेल, रन्जित मेचे, सुदिप राजवंशी लगायत गाउँ कमिटी, वडा कमिटीका पदाधिकारी तथा सदस्यहरु सहभागी थिए भने कार्यक्रम गाउँ कमिटीका कार्यवाहक सचिव हरिकृष्ण अधिकारीले संचालन गरेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



