
काठमाण्डौ, १५ जेठ । सरकारले आउँदो आर्थिक वर्षको बजेटमा पाँच वटा मुख्य प्राथमिकता कायम गरेको छ । आउँदो आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटको प्राथमिकता प्रस्तुत गर्नुभएको हो ।
सरकारका पाँच प्राथमिकता यस प्रकार छन्–
१, आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धन
२, कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन, औधोगिक विकास र पूर्वाधार निर्माण
३, शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्रको विकास
४, समावेशीता र सामाजिक सुरक्षा
५, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवामा सुधार
त्यस्तै, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमका लागि सरकारले २ अर्ब ९८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८१–८२ का लागि कृषि सुधार कार्यक्रम अन्तर्गत सरकारले उक्त रकम विनियोजन गरेको हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



