
झापा, १९ जेठ । कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री गणेशप्रसाद उप्रेतीले दमकमा थालिएको एक लाख विरुवा रोपाईलाई अझ विस्तार गर्न जोड दिनु भएको छ ।
आज दमक वडा नं. ४ को विभिन्न भागमा वृक्षारोपणमा सहभागी भई उहाँले महेन्द्र राजमार्गमा काटिएका रुखको स्थानमा पनि राम्रा प्रजातिको विरुवा रोपिने सम्झौता अनुसार रुख कटान भएको बताउनु भएको छ । त्यस्तै, माओवादी केन्द्र दमक नगर कमिटिको आयोजनामा थालिएको १ लाख फलफूलको विरुवा रोप्ने कामलाई समेत सबैले साथ दिनुपर्ने उहाँले बताउनु भएको छ ।
पूर्व–पश्चिम महेन्द्र राजमार्गको स्तारोन्नती गरी चार लेन बनाउँदा काँकडभिट्टादेखि लौकहीसम्म पूर्वी खण्डमा मात्र ४ हजार ७ सय वटा रुख कटान भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताउनु भयो ।
त्यस्तै, दमक वडा नं. ४ मा वृक्षारोपणको औपचारिक उद्घाटन कार्याक्रममा केन्द्रीयय सदस्य रन्जित तामाङ र हरि राना मगरले विभिन्न पार्टीका १ सय ५० जनालाई माओवादी केन्द्र पार्टीमा सम्मान गर्दै प्रवेश गराउनु भएको सो वडाका संयोजक डम्बर पुलामी कर्माले जानकारी दिनु भयो ।

कार्यक्रममा केन्द्रीयय सदस्य रन्जित तामाङले माओवादीले थालेको एक लाख विरुवा रोपण कार्याक्रमलाई सबै लागेर सफल बनाउन सकिए जनतालाई उत्पादनसँग जोड्नेदेखि पर्यावरण संरक्षणमा समेत राम्रो काम हुने बताउनु भयो ।
जिल्ला संयोजक राजु आचार्य अग्नि, केन्द्रीय सदस्य हरि राना र पार्टीमा प्रवेश गर्नु भएका नयाँ सदस्यहरुले पार्टीको विकासमा श्रम दिन तयार हुनु पर्ने बताएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



