
उर्लाबारी, १३ मङ्सिर । मोरङको बेलवारी नगरपालिका–७ बाहुनीमा आगोले डढेर तीन वर्षीया बालिकाको आज मृत्यु भएको छ ।
बुधबार साँझ नवलकिशोर चौधरीको तीन वर्षीया छोरी निकिता चौधरी खेल्ने क्रममा घरमा बालेको कुपी बत्तीबाट आगो सल्किँदा गम्भीर घाइते भएकी थिइन् ।
घाइते बालिकालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा उपचारका क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामकुमार राईले जानकारी दिनुभयो ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

