
भद्रपुर, १४ मंसिर । ६५ औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस बिहीबार देशैभर मनाइएको छ । क्षयरोग विरुद्ध जागरुक वनाउने हाम्रो भावना क्षयरोग विनाको संसार देख्ने हाम्रो चाहना भन्ने नाराका साथ झापामा पनि क्षयरोग दिवस मनाइएको छ ।
क्षयरोग दिवसको सन्दर्भमा नेपाल क्षयरोग निवारण सस्था, जिल्ला शाखा झापाले भद्रपुरमा क्षयरोगीहरुलाइ फलफुल वितरण गरेको छ । डट विधि अनुसार केन्द्रमै पुगेर औषधि सेवन गर्ने क्षयरोगीहरुलाई सस्थाले फलफुल वितरण गरेको हो । नियमित औषधि खान संस्था पुग्ने त्यस्ता रोगीहरु २५ जना रहेको शाखाले जनाएको छ ।
क्षयरोग दिवसको अवसरमा जिल्ला शाखाले प्रचारात्मक कार्यक्रम गर्दै व्याच वितरण गर्नुको साथै राष्टिय क्षयरोग दिवसको यस वर्षको नारालाइ स्थानिय रेडियो मार्फत प्रशारण गरेको पनि शाखाले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

