
उर्लाबारी, १४ मंसिर । लिम्बु समुदायको महान चाड चासोक तङनाम–२०७५ लाई सफल बनाउन आज मोरङको उर्लाबारीमा बिभिन्न छवटा उपसमितिहरु गठन गरिएका छन् ।
समिर तुम्बाहाङ्फेको संयोजकत्वमा चासोक मेला व्यवस्थापन समिति, सुरेन्द्र शेर्माको संयोजकत्वमा साँस्कृतिक समिति, अमर सेलिङको संयोजकत्वमा प्रचार प्रसार समिति, सागर थलङको संयोजकत्वमा अतिथि सत्कार तथा स्टेज व्यवस्थापन समिति, जीवन पोमुको संयोजकत्वमा खेलकुद समिति र फागोहाङ सेरेङको संयोजकत्वमा भेटि संकलन समिति गठन गरिएको हो ।
चुम्लुङका नगर अध्यक्ष चन्द्र पालुङ्वाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । आगामी पुस ७ गतेदेखि उर्लाबारी–९ आमबारीको खेलमैदानमा तीन दिने चासोक मेला आयोजना गरिने छ । त्यस अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमका साथै केलाङ नृत्य, मारुनी नृत्य, हुर्रा नृत्य, धिमाल नृत्य र सन्थाल नृत्य प्रदर्शन गरिने जनाइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

