
झापा, १५ असार । नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले आफ्नो कम्युनिस्ट पार्टीहरूबिचको एकताको पक्षमा रहेको बताउनुभएको छ ।
पुष्पलाल अध्ययन समाजले आज राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता गजुरेलले कम्युनिस्ट पार्टीलाई मजबुत बनाउन पनि नेपालका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूबीचको एकता अनिवार्य रहेको बताउनुभयो ।
उनले एकताको पक्षमा कम्युनिस्ट पार्टीहरू उभिनुपर्ने औंल्याउँदै कम्युनिस्टहरूले जनवादी गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिनुपर्ने उल्लेख गर्नुभयो । ‘एउटा त कम्युनिस्ट आन्दोलन कमजोर भएको छ । त्यसलाई बलियो बनाउनु परेको छ’, उहाँले भन्नुभयो, ‘दोस्रो अहिलेको आन्दोलनमा ठुलो भ्रम पैदा भएको छ । जतनमा भ्रम दिने दुई वटा विषय छन् । एउटा गणतन्त्र, अर्को समाजवाद । अब सबै पार्टीहरू के भन्छन् भने समाजवादको लागि अगाडि बढ्ने हो । अर्को सबैले गणतन्त्र भन्छन् । यो लोकप्रिय भएको छ । हाम्रो पार्टी असाध्यै कम्युनिस्ट एकताको पक्षमा छ ।’
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



