
झापा, १८ असार । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन् । नेपाली कांग्रेससँग नयाँ सरकार गठनका लागि सहमति गरेसँगै एमाले मन्त्रीहरुले राजीनामा दिन लागेका हुन् ।
सोमबार मध्यरातमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने दुई ठुला दलबीच सहमति भएको थियो । अहिले मन्त्रीहरूले राजीनामा बुझाउन जानेबारे छलफल भइरहेको छ ।
उता, नेपाली कांग्रेसले हिजो भएको सहमति र नयाँ सरकार गठनबारे छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएको छ । बैठक ९ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्नेछ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



