
झापा, १९ असार । नेकपा एकीकृत समाजवादीको १० औं राष्ट्रिय महाधिवेशन जारी रहेको छ । महाधिवेशनअन्तर्गत आज दलको राजनीतिक दस्ताबेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्ताबेजमा आएका सुझाव पेस गर्ने कार्यक्रम रहेको छ ।
उक्त दस्ताबेजबारे प्रतिनिधिहरूलाई १२ समूहमा विभाजन गरी छलफल गरिएको छ । छलफलबाट आएका सुझावलाई आज बिहान ११ बजे सुरु हुने बैठकमा टोली नेताले प्रस्तुत गर्नेछन् । समूहका टोली नेताको प्रस्तुति सकिएपछि दस्ताबेज परिमार्जनसहित अनुमोदन हुनेछ । त्यसपछि नेतृत्व चयन प्रक्रिया सुरु हुने एकीकृत समाजवादीले जनाएको छ ।
महाधिवेशनमा देशभरबाट एक हजार ८४९ प्रतिनिधि छनोट सहभागी छन् । ती प्रतिनिधिले २९९ केन्द्रीय सदस्य, २१ पदाधिकारी चयन गर्नेछन् । विधान संशोधन गरी पार्टीको सम्मानित नेता, वरिष्ठ नेताको पद सिर्जना गरिएको छ । आइतबार सुरु भएको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै भोलि समापन हुने एकीकृत समाजवादीले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



