
उर्लाबारी, १५ मंसिर । देशको बिभिन्न भागमा बालिका बलात्कारका घटना भइरहेको बेला शुक्रबार मोरङको उर्लाबारीमा ‘लैङ्गिक हिँसा सम्बन्धी सचेतना कार्यक्रम’ आयोजना गरिएको छ ।
उर्लाबारी–७ स्थित पशुपति आवासीय माध्यमिक विद्यालयद्वारा सो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा लैङ्गिक हिँसाको अर्थ, परिभाषा र यसको प्रभावका बारेमा जानकारी गराइएको थियो ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमिल्सिनाले सहजीकरण गर्नुभएको सो कार्यक्रममा कक्षा–९ देखि १२ सम्म अध्ययनरत किशोरकिशोरीहरुको सहभागिता रहेको थियो ।
विद्यालयका संस्थापक प्रिन्सीपल विजय कार्कीको अध्यक्षतामा भएको सो कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो र उपप्रमुख लक्ष्मी भण्डारीले देशका बिभिन्न भागमा अमानवीय ढङ्गले बालिका माथि हिँसाका घटना हुनु दुःखद भएको बताएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

