
काठमाडौँ, १५ मंसिर । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा न्यायको माग राख्दै राजधानीमा पोस्टर टाँस्ने १२ युवालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
निर्मलाको तस्बिरसहित ‘सरकार भेटियो , न्याय भेटिएन ’ देखिएको पोस्टर माइतीघर क्षेत्रका बिजुलीका पोलमा टाँसिरहेका बेला महानगरीय प्रहरी वृत सिंहदरबारको टोलीले उनीहरुलाई पक्रेको हो । लगत्तै प्रहरीले पोस्टर च्यातेर फ्याँकेको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

