
झापा, ९ साउन । झापाका विभिन्न स्थानबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित पाँच जनालाई पक्राउ गरेको छ ।
मंगलबार झापाको अर्जुनधारा, मेचीनगर र झापा गाउँपालिकाबाट प्रतिबन्धित लागुऔषध ब्राउनुगरसहित चार जनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार मंगलबार साँझ झापा गाँउपालिका–४ स्थित हुलाकी सडक खण्डमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चर्तागाछीबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र. १–०१–०१५ प ७८०८ नम्बरको स्कुटीलाई रोकी चेकजाँच गर्दा स्कुटी पछाडी सवार कमल गाउँपालिका–१ की ३६ वर्षीया सर्मिला राईको साथबाट प्लाष्टिकबाहेक ५ ग्राम ५३० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो । उनीसँगै स्कुटर चालक कमल–१ का २९ वर्षीय मौसम लिम्बुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा ल्याएर थप अनुसन्धान भइरहेको छ ।
यस्तै, मेचीनगर–१० धाइजन ढाटमा लागु–औषध कारोबार भइरहेको भन्ने गोप्य सुचनाको आधामा लागुऔषध नियन्त्रण व्यूरो काँकभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारी झापाबाट खटीएको प्रहरी टोलीले मेचीनगर–६ का ३० वर्षीय सोनु तामाङलाई फेला पारी चेकजाँच गर्दा निजको साथबाट प्लाष्टिकबाहेक १ ग्राम ८७० मिलिग्राम फेला परेकोले सँगै रहेका निजकै साथी २८ वर्षीय सुरेश गुरुङ समेतलाई नियन्त्रणमा लिइएको छ ।
यसैगरी, अर्जुनधारा नगरपालिका–११ नयाँ बसपार्कस्थित रहेको फलामको वेन्चमा शंकास्पद अवस्थामा बसिरहेका जिल्ला सिन्धुली तिनपाटन गाउँपालिका वडा नं.१ घर बताउने करिब २८ वर्षीय धनबहादुर बस्नेतलाई इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर प्लाष्टिक बाहेक ३ ग्राम ५०० मिलाग्राम फेला परेकोले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


