
विराटनगर, १५ मङ्सिर । विराटनगर महानगरपालिकाको महेन्द्र चोकस्थित प्रेम दाहालको किराना पसलमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
बिहान करीब ३ बजे भएको सो आगलागीमा करीब रु तीन लाख बराबरको सामान र पसल घर जलेर नष्ट भएको छ ।
पसलसँगै रहेको मोटर ग्यारेजको एउटा गाडीको आधा भाग जलेको छ । आगलागी कसरी भयो थाहा पाउन सकिएको छैन । विराटनगर बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

