
झापा, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे नेपाल नागरिक उड्डययन प्राधिकरणको उद्धार समन्वय केन्द्रबाट ब्रिफिङ लिएका छन् ।
विमानस्थलस्थित घटनास्थलको अवलोकनपछि ओलीले उद्धार समन्वय केन्द्रमा पुगेर ब्रिफिङ लिएका हुन् । सो क्रममा प्रधानमन्त्री ओलीले घटना ज्यादै दुःखद, हृदयविदारक र अकल्पनीय भएको बताएका थिए । निधन भएकाहरूमा हार्दिक श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गर्दै उनले घाइते क्याप्टेन मनीषरत्न शाक्यको स्वास्थ लाभको कामना गरे।
ब्रिफिङमा गृहमन्त्री रमेश लेखक, पर्यटनमन्त्री बद्रि पाण्डे, निमित्त मुख्यसचिव लीलादेवी गड्तौला सहभागी थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



