
कचनकवल, १९ साउन । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन (राप्रविस) कचनकवलको पालिका स्तरीय अधिवेशन आज सम्पन्न भएको छ। अधिवेशनमा विकास शर्मा अध्यक्ष पदमा चयन भएका छन् ।
अधिवेशनबाट उपाध्यक्षमा युनिसा दङ्गाल, कसिल दङ्गाल र टिकामाया कार्की चयन भएका छन् भने सचिवमा विनोद पोख्रेल र सहसचिव सकिला लिम्बू चयन भएका छन् । कोषाध्यक्षको भूमिकामा सलेली राजवंशी चयन भएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै, सदस्यमा क्रमशः कोपिला राई, अपेक्षा राई, कमला बस्नेत, आशिष ढुंगेल, अभिषेक पराजुली, दर्पण लुइँटेल, राजा थापा, अशोक राजवंशी, राजा मण्डल, गोभा कटुवाल, शिल्वती राजवंशी, ममता राजवंशी, र मुकेश राजवंशी चयन भएका छन् ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका थिए । शुभकामना मन्तव्य निमसरी राजवंशी र अन्जरा आलमले व्यक्त गरेका थिए ।
कार्यक्रमको सभाध्यक्ष राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन कचनकवलका उपाध्यक्ष सुरज शाह थिए । प्रमुख अतिथि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, विशिष्ट अतिथि राप्रपा केन्द्रिय सदस्य अन्जरा आलम, अतिथि हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन, राप्रपा जिल्ला सदस्य एवं प्रदेश सभा सदस्य निमसरी राजवंशी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका जिल्ला संयोजक चक्र फुयाल, राप्रपा जिल्ला सदस्य सत्यनारायण यादव, राप्रपा कचनकवल गाउँपालिका अध्यक्ष लक्ष्मीनारायण यादव, राप्रपा पालिका समिति पूर्व अध्यक्ष रविचन्द्र ओझा लगायत विभिन्न अतिथिहरू कार्यक्रममा उपस्थित थिए ।
कार्यक्रममा पालिकाका सातै वटा वडाका अध्यक्ष, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका सदस्य महेन्द्र शर्मा, नेपाल शिक्षा परिषदका अध्यक्ष फाल्गुनी राजवंशी, राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनका अध्यक्ष धनबहादुर तामाङ लगायतका आतिथ्य रहेको थियो ।
प्रमुख अतिथि राजेन्द्र प्रसाद लिङ्देनले आफ्नो शुभकामना मन्तव्यमा विद्यार्थीहरूलाई राजनीति क्षेत्रमा अग्रसर हुन जरुरी रहेको बताए । उनले भने, “राजनीति क्षेत्रमा विद्यार्थीहरूको सक्रिय सहभागिता महत्वपूर्ण छ। देशको भविष्य विद्यार्थीहरूको हातमा छ र उनीहरूको संलग्नताले देशलाई सकारात्मक दिशा दिन सक्छ।”
लिङ्देनले विद्यार्थीहरूको हकहितका लागि सङ्गठनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै नयाँ नेतृत्वलाई सशक्त बनाउन योगदान पुर्याउने आशा व्यक्त गरे। साथै, उनले नयाँ अध्यक्ष विकास शर्मा र अन्य पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना दिए।
यस अवसरमा भर्खरै एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। कार्यक्रमको आयोजना राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कचनकवल कार्य समितीले गरेको थियो।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



