
कचनकवल, २४ साउन । नेपाल महिला संघ कचनकवलले आफ्नो ७८औं स्थापना दिवस मनाएको छ। आज एक विशेष कार्यक्रमका गरी स्व.मंगलादेवी सिंहले महिला हिंसा र दमनको विरुद्ध पुर्याउनु भएको योगदानको स्मरण गर्दै उनको योगदानको प्रशंसा गरिएको थियो ।
कार्यक्रमको सुरुवात मंगला देवी सिंहको तस्बिरमा माल्यार्पण गर्दै गरिएको थियो। यस अवसरमा संघकी प्रमुख कोपिला खनालले महिला सशक्तीकरणका प्रयासहरूको महत्त्वबारे चर्चा गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस जिल्ला सहसचिव कालेन्द्र राजवंशीले कचनकवलमा हरेक क्षेत्रमा महिलाहरूले देखाएको अग्रसरताको प्रशंसा गर्दै, महिलाहरूको साथ र समर्थनमा सदैव रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको सभापतित्व नेपाल महिला संघ कचनकवलकी सभापति सेलेतुन खातुनले गर्नुभयो। उहाँले महिलाहरूले भोग्दै आएका समस्याहरूको बारेमा आफ्नो धारणा राख्दै कार्यक्रमको समापन गर्नुभयो। कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रीय सचिव गीता भट्टराई, नेपाली कांग्रेस क्षेत्रीय सदस्य हरि सिग्देल, वडा नम्बर ७ का सभापति रमेश पौडेल, नेपाली कांग्रेस जिल्ला सदस्य रुद्रमणि दाहाल लगायतको आतिथ्यता रहेको थियो।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



