
इलाम, १६ मंसिर । इलाम नगरपालिका–९ स्थित साँझबोटेमा भाईले खुकुरी प्रहार गर्दा दाजु गम्भीर घाइते भएका छन् ।
गत दिपावलीमा दाजुभाई बिच वादविवाद भई बोलचाल नै बन्द भएकोमा शनिवार दिउसो आफ्नै घरमा सुतिरहेका ३० वर्षीय संजिब सुबेदीलाई उनकै भाई २८ बर्षीय नविन सुबेदीले पुरानो रिसिवीका कारण घरमै गई एक्कासी खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट दाजु संजिव सुबेदीको बाँया हातको चौंथो औंला काटीएर छिनेको र दाहिने कानको माथि टाउकोमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
घाइतेलाई तत्काल जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागि झापा पठाएको छ भने खुकुरी प्रहार गर्ने नविन सुवेदीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

