
सुनसरी, १६ मंसिर । सुनसरीको ईटहरी उप-महानगरपालिका(१६ लवीपुरमा आइतवार केमिकल सेवनबाट १ जना बिरामी परेका छन् ।
दिउँसो १२ बजे खाना खाएर औषधी खाने क्रममा पानीको बोतलमा राखिएको खिया हटाउने केमिकल झुक्किएर पिउँदा ईटहरी उप(महानगरपालिका(२ बस्ने बर्ष ४१ को हेमकुमार राई बिरामी परेका हुन् ।
केमिकल सेवनबाट बिरामी परेका राईलाई उपचारको लागि ईटहरी स्थित एपेक्स अस्पताल पठाईएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

