
दैलेख, १७ मंसिर । दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३ मा नेकपा एमाले विजयी भएको छ।
एमालेका लालबहादुर शाही ५ सय ७४ मत ल्याएर निर्वाचित भएका हुन्। कांग्रेसका रेशमबहादुर शाहीले ५७१ मत ल्याए। उनीहरूको मतान्तर जम्मा ३ मतको छ। निर्वाचन कार्यालयका अनुसार माओवादी केन्द्रका ढकेन्द्रबहादुर शाहीले २७८ मत ल्याए।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका रामबहादुर शाहीले ५३, नेपाल मजदुर किसान पार्टीका पूर्णबहादुर उपाध्यायले ४, राष्ट्रिय प्रजातन्त्र पार्टीका रेशमबहादुर मल्ले १३ मत प्राप्त गरेका छन्। ३३ मत बदर भएका छन्। यस वडामा यसअघि पनि नेकपा एमालले चुनाव जितेको थियो।
Facebook Comments Box



