
ओखलढुंगा, १७ मंसिर । ओखलढुंगाको मोलुङ गाउँपालिका–५ को वडाध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन् ।
एमाले उम्मेदवार गंगाबहादुर तामाङले ३९९ मत ल्याएर निर्वाचित भएका हुन् । कांग्रेसका घनश्याम दाहालले १७७ मत पाए। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुप्रसाद पोखरेलले १५१, माओवादीका मानबहादुर सुनुवारले २३ मत पाए । वडामा १३२५ मतदाता रहेकामा ७६८ मत खसेको थियो । यसअघि यस स्थानमा कांग्रेसका गोपीकृष्ण कार्की ३८४ मत पाएर विजयी भएका थिए ।
Facebook Comments Box



