
मोरङ, १७ मंसिर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार नमो नारायण माझीले अग्रता कायम राखेका छन् । उनले ५ हजार ६०७ मत ल्याएका छन् ।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलराम सरदार थारुले ४ हजार १६७ मत ल्याएका छन् । नेकपा एमालेका तुलसी राम विश्वास २ हजार ७४१ मतसहित तेस्रो स्थानमा छन् । राप्रपाका दिनेशकुमार थन्दारले ४३६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका नवीनकुमार विश्वास खवासले २ सय ७३ मत ल्याएका छन् ।
Facebook Comments Box



