
झापा, १७ मंसिर । तेह्रथुमको लालीगुराँस नगरपालिका–३ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार नगेन्द्र लिम्बु ४४० मतका साथ विजयी बनेका छन् ।
उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका बुद्धबहादुर लिम्बुले ३६० मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सञ्जीव खड्काले ३८ मत, नेकपा माओवादी केन्द्रका कुमार विश्वकर्माले २६ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्नबहादुर श्रीपालीले ४ मत प्राप्त गरेका छन् ।
Facebook Comments Box



