
झापा, १७ मंसिर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार नमो नारायण माझीले ६ हजार २८० मतका साथ अग्रता कायम राखेका छन् ।
जितनजिक पुगेपछि यहाँ माओवादी कार्यकर्ताहरूले अबिर जात्रा सुरु गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलराम सरदार थारुले ४ हजार ७११ मत ल्याएका छन् । नेकपा एमालेका तुलसी राम विश्वास ३ हजार २६६ मतसहित तेस्रो स्थानमा छन् ।
Facebook Comments Box



