
झापा, १८ मंसिर । युएईको सारजहामा जारी एसीसी एसियाकप यू–१९ एसियाकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ।
एसिया कप अन्तरगत समूहको अन्तिम खेलमा अफगानिस्तानले दिएको १२४ रनको लक्ष्य नेपालले ९ विकेटको क्षतिमा पूरा गरेको हो । अफगानिस्तानले दिएको सामान्य लक्ष्य नेपालले ४१.३ ओभरमा पूरा गरेको हो । त्यसअघि फैसल खानको अर्धसतकको मद्दतमा अफगानिस्तानले ३५.४ ओभरमा अलआउट हुनुअघि १२३ रन बनाएको थियो।
यो जितसँगै एसियाकपमा नेपालले सुखद अन्त्य गरेको छ। यसअघिका दुवै खेलमा नेपाल पराजित भएको थियो। समूह बीमा रहेको नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रनले र दोस्रो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो। यो समूहबाट अफगानिस्तान सबै खेलमा पराजित भएको छ।
Facebook Comments Box


