
झापा, १७ पुस । नेकपा (एमाले) बाट निस्किासित नेता भीम रावलले आज आफ्नो आगामी राजनीतिक यात्राबारे घोषणा गर्दै छन्।
यही पुस १० गते एमाले सचिवालय बैठकले पार्टीको साधारण सदस्यसमेत नरहनेरी निष्कासन गरिएका नेता रावलले आज आफ्नो नयाँ राजनीतिक योजनाबारे जानकारी गराउने भएका हुन् । उनले आज दिउँसो १ बजे बबरमहलमा पत्रकार सम्मेलन गर्दै छन् । पूर्वउपप्रधानमन्त्री एवं गृह र रक्षामन्त्रीसमेत रहेका उनले ‘परिवर्तित राजनीतिक परिस्थिति र सम्भावित भविष्यबारे’ आज घोषणा गर्ने उनले बताएका छन्। यसबीच उनले नयाँ पार्टी खोल्ने चर्चा पनि चलेको थियो। तर नेता रावलले सबै कुरा आजकै पत्रकार सम्मेलनमार्फत जानकारी गराउने बताइरहेका छन्।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



