
राजेन्द्र गौतम
झापा, १२ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले न्याय, समानता र स्वतन्त्रताको जिम्मेवारी माओवादीले लिने बताउनु भएको छ । अध्यक्ष दाहालले मुलुकको राष्ट्रिय झण्डोत्तोलन गरेर अभियानको उद्घाटन गर्नुभएको हो ।
झापाको केचनाबाट पार्टीले संचालन गरेको तराई(मधेस जागरण अभियानको अहिले केहीबेर अघि उद्घाटन गर्दै अध्यक्ष दाहालले भन्नुभयो, ू झापा क्रान्ति र बिद्रोहका प्रतीकका रूपमा चिनिने जिल्ला हो ू उसबेला झापामा बिद्रोह गर्नेले त्यो बाटो नै छाडे, त्यो नै अहिले खतरामा छ, माओवादीले त्यसलाई जोगाउँछ, अब माओवादीले त्यो अभिभारा पूरा गर्छ ।ू
उहाँले मुलुकको होचो भू(भागबाट सुरु भएको अभियानलाई अग्लो भू(भागमा जाने तयारीको संज्ञा दिनुभयो । माओवादीको देश्व्यापी अभियानले अहिले पार्टीमा मात्रै नभएर जनतामा नयाँ आसा र उत्साह ल्याएको अध्यक्ष दाहालको दाबी छ । ूमुलुककको सबैभन्दा होचो भूमिबाट देशको झण्डोत्तोलन गरेर राष्ट्रिय अभियानको उद्घाटन गर्दा मलाई व्यक्तिगत रूपमा निकै खुशी लागेको छ, यो क्षणमा केन्द्रिय कमिटी र सिङ्गो पार्टी नै खुशी र उत्साही भएको छू, उहाँले भन्नुभयो, ूहोचो भू(भागबाट अग्लो भू(भागमा जाने झापा जिल्ला कमिटीले जुन अभियान सुरु गरेको छ यो ऐतिहासिक काम हो, म झापा जिल्ला कमिटी र आवद्ध सबैलाई धन्यवाद दिन्छु ।ू
आजै बिहान ऐतिहासिक तथा पूरा तात्कालिक क्षेत्र किच्चकबधको आफूले अवलोकन गरेको सुनाउँदै अध्यक्ष दाहालले यो भूमि कोचिला, सन्थाल र कोच सभ्यतासँग जोडिएको स्थान भएको आफूलाई महसुस भएको बताउनुभयो । ूयो राजवंशीहरुको सभ्यतासँग जोडिएको ऐतिहासिक स्थल रहेछू, उहाँले भन्नुभयो, ूयसको संरक्षण र सम्बर्द्धनमा तपाईंहरु लाग्नुस्, केचना र किच्चकबध जस्ता ऐतिहासिक स्थानको विकासमा लाग्न म सबैमा अपीलसमेत गर्दछु ।ू
उहाँ हिजो आफू चन्दगढी विमानस्थलमा उत्रेपछि, उद्योगी( व्यवसायी , मेची रंगशालामा खेल क्षेत्रका व्यक्तित्व तथा स्थानीयबासीको सद्भावले आफूमा उत्साह जागेको उहाँको भनाइ छ । माओवादीाओवादी नेताहरू अहिले आमगाछीमा सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रममा व्यस्त छन् ।
आज सुरु भएर कन्चनपुरमा चैत ७ गते समापन हुने अभियान हुलाकी राजमार्ग केन्द्रित हुनेछ । अभियानमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, नेताहरू वर्षमान पुन, जनार्दन शर्मा, अग्नि सापकोटा, पम्पा भुसाल, शक्ति बस्नेत, हरिबहादुर गजुरेल लगायत केन्द्रित नेता अभियानमा सहभागी बन्नुभएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



