
झापा, १२ फागुन । हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी : तराई मधेश जागरण अभियानका क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताहरू झापाको कचनकवलमा पुगेका छन् ।
त्यहाँ उनीहरूले सहिद राजवंशीको घरमा केराको पातमा खाना खाएका छन् । अध्यक्ष ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि प्रसाद सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन लगायतका शीर्ष नेता सँगै बसेर खाना खाएका हुन् ।

Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



