
चन्द्र बस्नेत
कनकाई, १८ फागुन । झापाको कनकाई–३ सुरुङ्गामा प्राइम कमर्सियल बैंकले आफ्नो सेवा नयाँ ठाउँबाट दिन सुरु गरेको छ । कनकाई–३ सुरुङ्गामा सेवा दिँदै आएको बैंकले आइतबारदेखि नयाँ भवनबाट सेवा दिन सुरु गरेको सुरुङ्गा शाखाका प्रमुख सन्तोष नेपालले जानकारी दिनुभयो ।
आज एक संक्षिप्त कार्यक्रमका बीच नयाँ ठाउँबाट बैंकले सेवा सुरु गरेको हो । बैंकका ‘क्लस्टर बी’का प्रमुख इन्द्रप्रसाद गुरगाईले रिवन काटेर नयाँ ठाउँबाट सेवाको शुभारम्भ गर्नुभएको हो । बैंकले देशभर वित्तीय पहुँचलाई विस्तार गर्ने रणनीतिअन्तर्गत विभिन्न स्थानमा नयाँ शाखाहरू थप्दै आएको छ ।

देशभर २ सय बढी स्थानबाट सेवा दिँदै आएको र कोशी प्रदेशमा ४६ वटा शाखा सञ्चालित रहेको रेको सुरुङ्गा शाखा इञ्चार्ज वन्दना काफ्लेले बताउनुभयो । बैंकले स्थानीय तहसँगको सहकार्यमा सामाजिक सुरक्षा भत्ता असक्त्तलाई घर–घरमा पुर्याएर दिँदै आएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
