
झापा, ११ चैत । झापामा विश्व क्षयरोग दिवस मनाइएको छ ।
स्वास्थ्य कार्यालय झापाको आयोजनामा झापा गाउँपालिकामा बिरामीलाई पोषण सामग्री वितरणसँगै सचेतनामूलक कार्यक्रम गरी दिवस मनाइएको हो । कार्यक्रममा झापा गाउँपालिकाका २८ जना क्षयरोगीलाई पोषण सामग्री वितरण गरिएको थियो । चना/ मटर एक/एक केजी र एक क्यारेट अण्डा वितरण गरिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन विरेन्द्र दासले जानकारी दिनुभयो ।

कार्यक्रममा झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलिया, स्वास्थ्य शाखा प्रमुख प्रेमप्रसाद न्यौपाने लगायतले बिरामीलाई पोषण सामग्री वितरण गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



