
झापा, १४ चैत । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका लागि ६८६ शिक्षक भर्ना खुलाएको छ।
आयोगले आज सूचना जारी गरी सामुदायिक विद्याल निम्न माध्यमिक तहको तृतीय श्रेणी शिक्षक पदमा खुला तथा समावेशी शिक्षकका लागि विज्ञापन गरेको हो।
जसअनुसार नेपाली शिक्षक १०९, अंग्रेजी शिक्षक १७१, गणित शिक्षक ११२, विज्ञान शिक्षक १०१, गणित विज्ञान शिक्षक ८०, सामाजिक शिक्षक १०९, स्वास्थ्य तथा शारीरिक शिक्षक १, संस्कृत शिक्षक २ र संस्कृत भाषा शिक्षक १ जना आवश्यक परेको छ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।