
विराटनगर, २६चैत्र। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा कोशी प्रदेश प्रहरी कार्यालयको आयोजना तथा विराट नर्सिङ होम प्रा.लि.विराटनगरको सहकार्यमा प्रहरी कर्मचारीहरुलाई लक्षित गरी मेन्टल हेल्थ तथा आत्महत्या न्यूनीकारण सम्बन्धी सचेतना कार्यक्रम संचालन भएको छ ।
चैत्र २६ गते कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा भएको सचेतना कार्यक्रममा विराट नर्सिङहोम विराटनगरका चिकित्सक मानसिक रोग विशेषज्ञ डाक्टर राजन मिश्रले सहभागी प्रहरी कर्मचारीहरुलाई मेन्टल हेल्थ तथा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामुलक प्रशिक्षण प्रदान गर्नु भएको थियो ।
प्रशिक्षणका क्रममा वहाँले आफ्नो जीवनमा आईपर्ने विभिन्न किसिमका तनाव, पारिवारिक तथा सामाजिक समस्या, मस्तिस्कमा हुने रोग, दिर्घकालिन शारिरिक रोग, बंशाणुगत रोगका कारण मानिसको मानसिक स्वास्थ्यमा नकारात्मक असर पुग्ने हुँदा मानव मस्तिस्कलाई स्वस्थ्य राख्न सन्तुलित आहार, प्रयाप्त निन्द्रा, मनोरन्जन, शारिरिक तथा मानसिकरुपमा सकृय रहनु पर्ने सचेतना अभिबृद्दि गर्नुका साथै मानसिक स्वास्थ्यमा समस्या आएमा मन मिल्ने साथी वा आफन्तलाई जानकारी गराउने र नजिकको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न तथा मनोचिकित्सक,मनोसामाजिक परामर्सदातासंग सहयोग लिन जानकारी गराउनु भएको थियो ।
प्रशिक्षणकै क्रममा विराट ग्रुपका सिईओ डाक्टर निकिता कार्कीले मेन्टल हेल्थ तथा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामुलक जानकारी गराउनुका साथै प्रहरी कर्मचारीहरुलाई आवश्यक स्वास्थ्य सेवा उपलव्ध गराउन विराट नर्सिङ होम प्रा।लि। कोशी प्रदेश प्रहरी कार्यालयसंग सहकार्य र समन्वयका साथ अगाडि बढ्ने प्रतिवद्दता व्यक्त गर्नु भयो ।
कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख अधिकारीले स्वस्थ्य प्रहरीले मात्र स्वस्थ्य प्रहरी सेवा प्रदान गर्न सक्ने भएकोले प्रहरी कर्मचारीहरु शारिरिक र मानसिकरुपमा स्वस्थ्य रहन जरुरी रहेको हुँदा सबैले आफ्नो शारीरिक तथा मानसिक स्वास्थ्यको ख्याल राख्नु पर्ने बताउनु भएको छ । मानसिक स्वास्थ्य विग्रिएमा व्यक्तिगतरुपमा गम्भिर असर पुग्नुको साथै परिवार र सम्पूर्ण समुदाय स्तरमा समेत नकारात्मक प्रभाव पर्दछ । प्रहरी कर्मचारीहरु आफ्नो घर परिवारबाट टाढा रहेर नागरिकहरुको सेवामा २४ सै घण्टा परिचालित हुने हुँदा आफुलाई परेका पिरमार्का तथा स्वास्थ्य समस्या लुकाएर र दवाएर नराख्न प्रहरी कर्मचारीहरुलाई अनुरोध समेत गर्नु भयो । साथै वहाँले प्रहरी कर्मचारीहरुलाई सचेतना प्रदान गर्नु हुने डा। निकिता कार्की तथा डा। राजन मिश्रलाई हृदय देखि हार्दिक आभार व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारी लगायत सिनियर प्रहरी अधिकृतहरुका साथै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर र कोशी प्रदेश प्रहरी गण विराटनगरमा कार्यरत जुनियर प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।
त्यस्तै पहिलो उपचार सहयोगी(Medical First Responder) तालिम पहिलो समुहको समुद्घाटन
कोशी प्रदेश कार्यालय विराटनगरको तत्वावधानमा ५ कार्य दिनको पहिलो उपचार सहयोगी (Medical First Responder)तालिम पहिलो समुहको समुद्घाटन भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा चैत्र २६ गते बिहान तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुवास भट्टराईको प्रमुख आतिथ्यतामा उक्त तालिमको उद्घाट भएको हो ।
तालिम समुद्घाटन कार्यक्रममा बोल्नुहुदै तालिम संयोजक भट्टराईले बिपद, प्राकृतिक प्रकोप, दुर्घटना वा अन्य प्रकारको घटनाहरुमा परेर घाईते भएका मानिसहरुलाई तत्काल उद्दार गर्न पुगेको प्रहरी टोलीले प्राथमिक उपचार सम्बन्धी ज्ञान हासिल गर्न अनिवार्य रहेको हुँदा उक्त तालिम संचालन गरिएको बताउनु भयो ।
साथै जुनसुकै घटनामा तत्काल प्राथमिक उपचारकोलागी घटनास्थलमा स्वास्थ्य कर्मीहरु सहजै उपलब्ध नहुने भएको हुँदा प्रहरी द्दारानै घाईते भएका ब्यक्ति हरुलाई घटनास्थलमा दिईएको प्राथमिक उपचारले तत्काल मृत्यु हुनबाट बचाउनुको साथै पहिलो उपचारले वाँहाहरुमा आशाको किरण जाग्रीत भई अस्पताल सम्म पुग्दाको समयमा हुने पिडालाई कम गर्न मद्दत मिल्ने बताउनु भयो ।
उक्त तालिममा कोशी प्रदेश अन्तरगत रहेका बिभिन्न प्रहरी कार्यालयहरुमा कार्यरत जुनियर प्रहरी अधिकृत देखि प्रहरी जवान सम्मका ३० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।