
कनकाई, ४ बैशाख । झापाको कनकाई नगरपालिकाले चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा साढे छ करोड रुपैयाँ भन्दा बढी राजश्व संकलन गरेको छ ।
नगरपालिकाले चालू आर्थिक वर्ष २०८१ साउनदेखि चैत सम्ममा ६ करोड ५० लाख ९७ हजार आठ सय ३८ रुपैयाँ विभिन्न शीर्षकमा राजश्व संकलन गरेको नगरपालिकाका सूचना अधिकारी खगेन्द्र मिश्रले जानकारी दिनुभयो ।
नगरपालिकाले आन्तरिक तर्फ ५ करोड ३० लाख ३० हजार ८ सय ५२ रुपैयाँ र घर जग्गावापत एक करोड २० लाख ६७ हजार १३ रुपैयाँ संकलन गरेको छ । नगरले ८ करोड ७८ लाख ४० हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य लिए पनि ७४।१ं० प्रतिशत प्रगति हासिल भएको नगरपालिकाले जनाएको छ ।
त्यस्तै, नगरपालिकाले सोही अवधिमा १७ लाख ४ हजार ५ सय ३ रुपैयाँ ७४ पैसा राजश्व छुट गरेको छ भने जरिवाना वापत २ लाख १२ हजार ७ सय ७८ रुपैयाँ ७५ पैसा संङ्कलन गरेको सूचना अधिकारी मिश्रले जानकारी दिनुभयो ।
(भुल सुधार: यसअघि प्रकाशित समाचारमा कनकाई नगरपालिकाद्वारा ४४ लाख राजश्व संकलन उल्लेख गरिए पनि हामीलाई प्राप्त तथ्यांकमा केही त्रुटी भएकाले समाचार संशोधन गरिएको व्यवहोरा अनुरोध छ, यसबाट सम्बन्धित पक्षमा पर्न गएको असरप्रति हामी प्रार्थी छौं ।)– सम्पादक
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



