
बिर्तामोड, २९ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को झापा जिल्ला कमिटी अध्यक्षमा बिपी भट्टराई सर्वसम्मत चयन भएका छन् ।
पार्टीको बिर्तामोडमा आज सम्पन्न दशौँ जिल्ला अधिवेशनबाट भट्टराईको अध्यक्षतामा ६१ सदस्यीय कार्यसमिति चयन भएको हो । कार्य समितिको उपाध्यक्षमा नवीन इजम र सरस्वती लिम्बू चयन हुनुभएको छ भने सचिवमा सानुकुमार लामा सर्वसम्मत चयन भएका पार्टीको निवर्तमान जिल्ला अध्यक्ष बेदराज रेग्मीले जानकारी दिए ।
यसैगरी उपसचिवमा होम बराल, श्री मिश्र र उदय बरायली चयन भएका छन् । अध्यक्षमा निर्वाचित भट्टराई यसअघि पार्टीको जिल्ला सचिव रहेका थिए । पार्टीको दशौँ जिल्ला अधिवेशनको शनिबार पूर्वप्रधानमन्त्री तथा पार्टीका सम्मानित नेता झलनाथ खनालले उद्घाटन गरेका थिए ।
Facebook Comments Box



