झापा, २५ जेठ । आइसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपालले आयोजक स्कटल्याण्डको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार अपराहन्न ३ः४५ बजेदेखि शुरु हुदैछ ।
नेपालले यस सिरिजमा यसअघि खेलेका दुवै खेलमा जित हासिल गरेर शानदार शुरुवात गरेको छ । नेपालले स्कटल्याण्डविरुद्ध एक विकेटको रोमाञ्चक जित हासिल गरेको थियो भने नेदरल्याण्डसविरुद्ध ५ विकेटको जित निकालेको थियो । त्यस्तै यस सिरिजमा स्कटल्याण्डले नेदरल्याण्डसलाई पराजित गरेको छ ।



नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म ९ एकदिवसीय खेल भएका छन् । जसमा नेपालले ५ खेल जितेको छ भने स्कटल्याण्डले ३ खेल जितेको छ । त्यस्तै एक खेलको नतिजा आएको छैन ।
हाल लिग(२ को अंक तालिकामा नेपाल १४ खेलमा १० अंकसहित सातौं स्थानमा रहेको छ । नेपालले १४ खेलमा ४ खेल जितेको छ भने ८ खेलमा हार बेहोरेको छ र २ खेलको नतिजा आएको छैन । त्यस्तै स्कटल्याण्डको १८ खेलमा २२ अंक रहेको छ र हाल चौथो स्थानमा रहेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


