मुस्ताङ, २९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घरपझोङ गाउँपालिका–४ भ्रप्सोस्थित पेरिस डाँडामा निर्माण हुने पार्टी कार्यालय भवनको शिलान्यास गर्नुभएको छ । बौद्ध परम्पराअनुसार उहाँले पार्टी शिलान्यास गर्नुभयो ।
नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिका ‘इञ्चार्ज’ धीरेन्द्र विकका अनुसार छ कोठाको भवन निर्माण गर्न वारागुङ मुक्तिक्षेत्र—२ छ्ङ्गुरका ढच्युङ गुरुङले जग्गादान गर्नुभएको हो ।



त्यस अवसरमा अध्यक्ष दाहालले पार्टी कार्यालय भवन निर्माणपछि सङ्गठन विस्तारका साथै मुस्ताङीको विकासका चाहनामा भरथेग गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले जनतालाई केन्द्रमा राखेर काम गर्न पार्टीका स्थानीय नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


