
झापा, ३० जेठ । बिर्तामोड उद्योग वाणिज्य संघले बिर्तामोड–५ मा प्रजित पुरीको संयोजकत्वमा उपसमिति गठन गरेको छ ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रमका बीच पुरीको संयोजकत्वमा २९ सदस्य उपसमिति गठन गरेको हो । समितिको सहसंयोजकमा केवलराज गड्तौला, सचिवमा लक्ष्मी थापा र कोषाध्यक्षमा सरिता नेपाल रहेका छन् ।
समितिको सदस्यहरूमा चिरञ्जीवी अधिकारी, राजेश जोधानी, कुशल अग्रवाल, बिदुर खनाल, दिक्षेन शेर्र्पा, आयुष बजगाई, आशिष शर्मा ,रबिन ढकाल, बिदुर खनाल, देवेन्द्र केसी, विपिन मैनाली, राजकुमार राई, मनिष न्यौपाने, बिरन थापा, बिनीता बजगाई, रजनी बजगाई, राजु ढकाल, प्रह्लाद थापा, डम्बर बिमली, सुनिरा गिरी, कुमार श्रेष्ठ, डम्बर सुब्बा, दीपक अधिकारी, अभिषेक आचार्य, मधुसुदन अधिकारी र रवि चौधरी रहेका छन् ।
त्यस्तै, सल्लाहकार समितिमा फडिन्द्र न्यौपाने, चण्डी ढकाल, गोपाल अग्रवाल, गोपाल बजगाईं, दिल्ली न्यौपाने, याम बराइली धनकुमारी पराजुली, रामनारायण चौधरी र राजेश गिरी र शुष्मा भण्डारी पौडेल रहेका छन् । बिर्तामोड उद्योग वाणिज्य संघका विशिष्ठ सदस्य निर्मल भट्टराईले स्वागतसहित औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।
यसैबीच संघका अध्यक्ष न्यौपानेले उपसमिति संयोजक पुरीलाई फाहोर व्यवस्थापनका लागि भन्दै डस्विन प्रदान गरेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



