
बिर्तामोड, ३० जेठ । पूर्वेली ढुवानी सेवा प्रालि बिर्तामोडले दुईवटा ट्रक खरिद गरेको छ। ढुवानी सेवालाई थप प्रभावकारी बनाउन प्रालीले ट्रक खरिद गरेको हो।
आईएमई मोटर्सबाट अशोक लेल्यान्डका दुईवटा दश चक्के ट्रकहरू खरिद गरिएको पूर्वेलीका सञ्चालक निर्मलराज खत्रीले जानकारी दिनुभयो । अशोक लेल्यान्ड कम्पनीको २५२३ (घोप्टो पत्ती) मोडलका ट्रकहरू रहेको उहाँले बताउनुभयो ।
एक संक्षिप्त कार्यक्रमका बीच खत्रीलाई कम्पनीका रिजनल सेल्स म्यानेजर सुशील दाहालले चाबी हस्तान्तरण गर्नुभएको हो।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



