झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाण्डौ, ३० साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टप एन्ड टी–२० शृङ्खलामा आज नर्दन टेरिटोरीसँग खेल्दैछ । खेल नेपाली समयानुसार अस्ट्रेलियाको डार्बिनमा दिउँसो सवा २ बजे शुरू हुनेछ । नेपालले प्रतियोगिताअन्तर्गत भोलि बङ्गलादेश ‘ए’ सँग, भदौ २ गते मेलबर्न स्टार्ससँग, भदौ ३ गते होबर्ट हुरिकेन्ससँग, भदौ ४ गते मेलबर्न रेनेगाड्र्ससँग र भदौ ६ गते पाकिस्तान साहिन्ससँग खेल्ने छ । अस्ट्रेलियामा टप एन्ड टी–२० शृङ्खलापछि पनि नेपालले अरू तीन अभ्यास खेल खेल्ने भएको छ । नेपालले भदौ १० गते क्रिकेट एसीटीसँग पहिलो, भदौ १२ गते साउथ अस्ट्रेलियासँग दोस्रो र भदौ १४ गते साउथ अस्ट्रेलियासँग खेल्ने छ । आईसीसी टी–२० विश्वकप छनोटका…

Read More

झापा, ३० साउन । आज सुनचाँदीको भाउ घटेको छ । सुन आज तोलामा ६ सय रुपैयाँले घटेर तोलाको एक लाख ९६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ २५ रुपैयाँले घटेर तोलाको दुई हजार तीन सय १५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय ४० रुपैयाँ रहेको थियो

Read More

एजेन्सी, ३० साउन । भारतको जम्मू कश्मीरको किश्तवाड क्षेत्रमा अचानक आएको आरीघोप्टे वर्षापछिको बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ४५ जना पुगेको छ । बाढीमा परी ज्यान गुमाएकामध्ये अहिलेसम्म ३५ जनाको शव अस्पताल पुर्‍याइएको र जसमध्ये ११ जनाको शव पहिचान भएको बीबीसी हिन्दीले जनाएको छ । बाढीमा अहिलेसम्म १ सय जना भन्दा बढी घाइते भएका छन् भने ज्यान गुमाउनेको सङ्ख्या पनि बढ्न सक्ने अनुमान गरिएको छ । ७० जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । ६०– ६० जनाको ५ समूह बनाएर सुरक्षाकर्मीको टोली राहत तथा उद्धारमा लागिरहेको खबरमा उल्लेख छ । हिजो बिहान करिब साढे ११ बजे किश्तवाडको चाशोती क्षेत्रमा…

Read More

तनहुँ, ३० साउन। वनमा पानीको स्रोत मासिँदै गएपछि मानव वस्तीमा वन्यजन्तु आउन थालेपछि डिभिजन वन कार्यालयले वन्यजन्तुका लागि पोखरी निर्माण गरेको छ । मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनअन्तर्गत उक्त कार्यालयले जिल्लाका आठ वटा सामुदायिक वनमा पोखरी निर्माण गरेको हो । वन अधिकृत काशीराज पण्डितका अनुसार गत आर्थिक वर्षमा म्याग्दे गाउँपालिका–३ स्थित सिद्धबतासन सामुदायिक वन, देवघाट गाउँपालिका–४ को आमडाँडा मोहोरिया सामुदायिक वन, ऋषिङ गाउँपालिका–३ को जनशक्ति सामुदायिक वन, सोही गाउँपालिकाको वडा नम्बर ४ मा रहेको बराहसेनी सामुदायिक वन, शुक्लागण्डकी नगरपालिका–२ स्थित तारा सामुदायिक वन, बन्दीपुर गाउँपालिका–२ को सिद्धथान सामुदायिक वन, भिमाद नगरपालिका–४ मा अवस्थित मसुरेगैरा सामुदायिक वनमा पोखरी निर्माण गरिएको हो ।…

Read More

नवराज कट्टेलविराटनगर, ३० साउन । नेपालबाट भारत निर्यात हुने प्लाइउडमा पुनः झमेला सिर्जना गर्दै भन्सारमा रोकिन थालिएको छ । पछिल्लो पटक निकासी भएर भारतको भन्सार कार्यालय पुगेको प्लाइउडको जाँचपास नगरी १२ दिनदेखि रोकिएको हो । कोशी प्रदेश अन्तर्गत झापाको काँकडभिट्टा र मोरङको विराटनगर नाकाबाट निकासी भइसकेपछि पानीट्याङ्की भन्सार र जोगबनी भन्सारले ट्रक रोकेर राखिदिएको उद्योगीले गुनासो गरेका छन् । पानीट्याङ्की भन्सारमा आठ वटा र जोगबनी भन्सारमा छ वटा ट्रक रोकिएको उनीहरूले बताएका छन् । उद्योगीका अनुसार भारतको राजस्व अनुसन्धान विभाग ९डिआरआई० ले नेपालबाट निर्यात हुने प्लाइउडमा ब्युरो अफ इन्डियन स्टान्डर्ड ९बिआइएस० मान्यताप्राप्त उद्योगले अन्य उद्योगको मालवस्तुसमेत निकासी गरेको आशङ्का गरिएको…

Read More

बिर्तामोड, ३० साउन । भक्ति सिद्धान्त दास ब्रम्हचारीले श्री राधा माधव भजनस्थलीका लागि झापामा ६ विगाह जमिन प्राप्त गरेको बताएका छन् । झापा गाउँपालिका–३ स्थित सिमलवाडीमा भजनस्थलीका लागि ६ विगाह जमिन प्राप्त भएको श्री राधा माधव भजनस्थलीका अध्यक्ष समेत रहेका बम्ह्रचारीको भनाई छ । शिव रामचन्द्र मन्दिरको नाममा रहेको जमिन भजनस्थलीलाई प्रदान भएको ब्रम्हचारीले बताए । नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन) का संस्थापक समेत रहेका ब्रम्हचारीले झापामा श्री राधा माधव भजनस्थली सञ्चालन गरेको बताए । जिल्ला प्रशासन कार्यालय झापामा दर्ता गर्दै विधिवत रुपमा भजनस्थलीलाई अगाडि बढाएको बताएका बम्हाचारीले भगवान श्रीकृष्णका हरेक गतिविधि आम सर्वसाधारणसम्म पु¥याउने र हिन्दू धर्मावलम्बीहरुलाई भागवत…

Read More

झापा, ३० साउन । मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास रहेपनि बिस्तारै दक्षिणतर्फ सर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । फलस्वरूप, नेपालमा मनसुन केही कमजोर हुँदै जाने भएपनि हाल बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव भने रहेको महाशाखाको भनाइ छ । आज बिहान सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेश लगायत देशका…

Read More

ताप्लेजुङ, २९ साउन । ताप्लेजुङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप प्रतियोगितामा सिराहाको सलहेश युवा क्लब फाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न खेलमा झापाको रेड स्टार क्लबलाई २—० गोल अन्तरले पराजित गर्दै सिराहा फाइनलमा प्रदेश गरेको हो । खेल सुरु भएको १३औं र ४८औँ मिनेटमा सिराहाको युसुफ मल्लिकले गरेको गोल नै आजको निर्णायक बन्यो । लाखे जात्राको अवसरमा लाखे जात्रा सञ्चालन समितिद्वारा सञ्चालन भइरहेको प्रतियोगितामा साउन ३१ गते शनिवार फाइनल खेल हुने भएको छ । फाइनल खेलमा सिराहा सलहेश क्लब र चर्च ब्वाईज क्लब ललितपुरबीच प्रतिस्पर्धा हुने लाखे जात्रा सञ्चालक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो । चर्च ब्वाईजले…

Read More

बिर्तामोड, २९ साउन । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लि.ले एक जना ऋणी सदस्यको ऋण मिनाहा गरेको छ । संस्थाको बुधबारे सेवा केन्द्र अन्तर्गतका शेयर सदस्य रमेश मगरको निधन भएपछि उहाँले लिनुभएको ४ लाख रुपैयाँ ऋण मिनाहा गरिएको हो । मगरले गत २०७८ मंसिर १६ गते संस्थाबाट १० लाख रुपैयाँ ऋण लिनुभएको थियो । उहाँको निधन भएपपछि संस्थाले ऋण सुरक्षण कोष अन्तर्गत बाँकी रकम ६ लाख ९ हजार मध्ये ४ लाख रुपैयाँ ऋण मिनाहा गरेको हो । आज मगरको परिवारजनसँग सञ्चालक समिति उपाध्यक्ष राजेन्द्र गौतम, बुधबारे सेवा केन्द्र सञ्चालन उपसमितिका पदाधिकारी, व्यवस्थापक, विभागीय…

Read More

श्रीनगर, २९ साउन । भारतको काश्मीर क्षेत्रको किष्टवार जिल्लामा बिहीबार बिहान बादल फाटेपछि आएको भीषण बाढीले कम्तीमा ३४ जनाको ज्यान गएको छ भने दर्जनौँ घाइते भएका छन्। स्थानीय प्रशासनका अनुसार अझै पनि केही व्यक्ति बेपत्ता छन्। काश्मीरका मुख्यमन्त्री ओमर अब्दुल्लाहले घटनालाई “अत्यन्त पीडादायक” भन्दै तीव्र वर्षाका कारण ठुलो जनधनको क्षति भएको जानकारी दिनुभएको छ। किष्टवारका जिल्ला आयुक्त पंकज कुमार शर्माले ३४ शव फेला परेको र ३५ जनाको उद्धार गरिएको पुष्टि गर्नुभयो। बाढीपछिको निरन्तर वर्षाले बाटोहरू ध्वस्त बनाएकोले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। अथोली गाउँका स्थानीय सुशील कुमारले एएफपीसँग भने,“मैले आफ्नै आँखाले १५ जना मृतकहरूलाई अस्पतालमा ल्याइएको देखेँ।” घटनास्थल श्रीनगरबाट झन्डै…

Read More