झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २० वेशाख । झापामा एकका लागि एक अभियान शुरु भएको छ । शुक्रबार एक कार्यक्रमका बीच अभियान शुरु गरिएको हो । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि त्यसको रोकथाम र निन्यत्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको छ । लकडाउनको अवधिमा विभिन्न वर्गका परिवारलाई खान सकट पर्दै आएकाले उनीहरुलाई राहत दिन अभियान शुरु गरिएको हो । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको निर्माणधिन भवनमा एक कार्यक्रमका विच कार्यक्रमका प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले कुपन वितरण गरेर शुभारम्भ गरेका छन् । प्रमुख अतिथि रानाले कोरोना कहरको कारण देशनै लकडाउन भए पछी समग्र…

Read More

झापा, २० वैशाख । नेपाल र भारतका नागरिक लुकिछिपी आवतजावत गर्दा तराईका सीमावर्ती क्षेत्र कोरोना भाइरस संक्रमणको ‘हट स्पट’ बन्ने जोखिम देखिएको छ। सीमावर्ती जिल्लाहरू उच्च जोखिममा रहेकाले स्थानीय बासिन्दाले बढी सतर्कता अपनाउनुपर्ने विज्ञहरूको सुझाव छ। सरकारले कोरोना भाइरसबाट सम्भावित संक्रमित पहिचानका लागि परीक्षणको दायरा विस्तार गरेसँगै सीमावर्ती क्षेत्रमा बढी संक्रमित भेटिएका छन्। प्रदेश ५ को सीमावर्ती रुपन्देही र बाँके जिल्लामा शुक्रबार दुई जना पुरुषमा संक्रमण पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले अन्नपूर्णसँग भने, ‘सीमावर्ती क्षेत्रमा संक्रमणका केस बढी देखिन थालेका छन्। दुई देशबीचको नाका क्षेत्र जोखिमयुक्त छ।’ नेपाल र भारतबीच १ हजार ७ सय ५१…

Read More

मोरङ, २० वैशाख । मोरङ बिराटनगर–१ स्थितमा खाधान्न गोदाममा सामान लोडअनलोड गर्ने क्रममा बेहोस हुदा एक जनाको मृत्यु भएको छ । हिजो दिउँसो साँढे १२ बजे सोही स्थानका सुरेश कुमार भरुको गोदाममा सामान लोडअनलोड गर्ने क्रममा बेहोस भएका कटहरी–१ का ५० बर्षीय शंकर मण्डलको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा कानुनी कारबाही भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

तापलेजुङ, २० वैशाख । ताप्लेजुङ फुङलिङ नगरपालिका–५ स्थित ट्याक्सी स्टेण्ड छेउमा रहेका सात वटा घर र पाँच वटा घुम्तीमा आगलागी भएको छ । हिजो राती साँढे १० बजे ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमै रहेको भट्टराई होटल एण्ड लजबाट के–कसरी अचानक आगलागी हुदा सो आगो फैलन गई वरपर रहेका सात घर र पाँच वटा घुम्तीमा आगलागी भएको हो । देवी भट्टराईको घरमा संचालनमा रहेको भट्टराई होटल एण्ड लज बाट आगलागी हुदा छिमेकी नेत्र कार्की, खेम केसी, खड्ग थापा, चन्द्रमाया लोछार, राम साह र प्रेम निरौलाको घर तथा सोही घरमा संचालनमा रहेका होटल तथा लजहरु पूर्णरुपमा जली नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले…

Read More

एजेन्सी । चार महिना अघि चीनको वुहानबाट सुरु भएको विश्वव्यापी महामारीको रुपमा फैलिएको प्राणघातक रोग कोरोना भाइरसका कारण विश्वभर २ लाख ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३३ लाख १८ हजार नाघेको छ । विश्वलाई नै त्रसित बनाएको यस भाइरसले आम मानिसहरुको दैनिकी क’ष्टकर बनाउदै लगेको छ । लकडाउनले गर्दा दैनिक गर्ने काम रोजीरोटी खोसिएको छ । घरमै सिमित हुदा विषम आर्थिक मन्दी पनि बढ्ने अनुमान गरिसकेको छ । अरुले दैनिक आफ्नो आफ्नो काममा व्यस्त रहेका हरेक मानिसको दैनिकी अहिले घर भित्रै सिमित रहेको छ । २४ औ घण्टा घरमा आफ्नो परिवारसंग बस्दा अनेक किमिसको बेमेलपनि…

Read More

जेनेभा, १९ वैशाख । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३३ लाख १८ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५ हजार ८०० जनाको ज्यान गएको छ । संयुक्तराज्य अमेरिकामा मात्र २४ घण्टाको अवधिमा २ हजार २०० जनाको मृत्यु भएको छ ।

Read More

झापा, १९ वैशाख । रुपन्देही र बाँकेमा पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार भेरी प्रादेशिक अस्पतालमा उपचाररत दुईजनामा कोरोना पुष्टि भएको हो। रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ।

Read More

काठमाडौं, १९ वैशाख । सरकारले लकडाउन अबधिभर शहरी क्षेत्रमा घरभाडामा बस्ने भाडामा बस्नेसँग भाडा नमाग्न सबै घरधनीलाई आग्रह गरेको छ । बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री डा।युवराज खतिवडाले विपतको बेला आर्थिक आयस्रोत गुमाएका भाडावालाहरुसँग घरभाडा नमाग्न घरधनीहरुलाई आग्रह गरेका हुन् । कोभिड–१९ को विषम परिस्थितिसँग जुधिरहेको सर्वसाधारण देखि उद्योग व्यवसायीहरुलाई समेत सम्बोधन गर्नेगरी आर्थिक प्याकेज ल्याएको सरकारले विभिन्न क्षेत्रमा काम गर्ने संगठित श्रमिकहरुलाई लकडाउन अवधिभर भाडा नमाग्न र पछि वातावरण सहज भएपछि माग्न अनुरोध गरेको हो । त्यस्तै, यसअघि सरकारले गरेको एक महिनाको घरभाडाको छुट दिन समेत संबन्धित घरधनीहरुलाई अपिल गरेको छ । यदि त्यसो नभएमा सरकारले…

Read More

विराटनगर, १९ वैशाख । सेवानिबृत्त कर्मचारी समाज केन्द्रीय कार्यालयले विपन्न वर्गका परिवारलाई राहत उपलब्ध गराउन विराटनगर महानगरपालिकाकालाई राहत सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण लकडाउन भएपछि विपन्न वर्गका परिवारको दैनिकी कष्टकर बन्दै गएपछि उनीहरुलाई राहत दिन समाजले नगरपालिकालाई राहत सामग्री हस्तान्तरण गरेको हो । महानगरपालिकाको परिसरमा समाजका अध्यक्ष पर्शुराम नेपाल लगायतको टोलीले नगरप्रमुख भीम पराजुलीलाई उक्त सामग्री हस्तानान्तर गरेको छ । ‘कोरोनाका कारण संकटपूर्ण अवस्था सिर्जना भएकाले लक्षित वर्गलाई राहत दिन सहयोग गरेका हौँ’, अध्यक्ष नेपालले भन्नुभयो, ‘यसबाट थोरै भए पनि राहत मिल्ने विश्वास छ ।’ राहतलाई सहज र पार्दिर्शता बनाउन महानगरपालिका लागि परेको हुनाले सबैबाट…

Read More

काठमाडौं, १९ बैशाख । बहराइनमा थप ३१ जना नेपाली श्रमिकमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि बहेको छ । यो संगै बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १५७ पुगेको छ । बहराइनस्थित नेपाली दूतावासका अनुसार यसअघि १२६ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको थियो । बहराइन सरकारले सबै नेपालीको आफ्ना नागरिक सरह नै उपचार गरिरहेको र अवस्था सामान्य रहेको दूतावासको भनाइ छ । यस्तै, दूतावासले कोरोनाका कारण समस्या पर्ने नेपाली श्रमिकलाई आफ्नो विवरण टिपाउन अनुरोध गरेको छ । समस्यामा पर्ने नेपालीको एकीकृत विवरण लिने र समस्या समाधानका लागि सहजीकरण गर्ने दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । बहराइनमा समस्यामा पर्ने नेपाली श्रमिकलाई विवरण टिपाउनका…

Read More