
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
मोरङ, ३ फागुन । जिल्ला मोरङ बुढीगंगा गाउँपालिका(१ ढाट स्थित राजमार्गमा टिफर र मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको छ । आज बिहान पउने ८ बजे को १ ख ७३०९ नम्बरको टिफर र प्रदेश २–०१–००१ प १६०८ नम्बरको मोटरसाईकल ठक्कर खाई दुर्घटना हुदा मोटरसाईकलमा सवार रहेका ३ जना मध्ये २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाईकल चालक सप्तरी चन्नी मल्हनिया–२ बस्ने २८ बर्षीय हरेराम साह र पछाडी सवार सिरहा सुखीपुर–२ बस्ने २४ बर्षीय मोहमद अजिर राईन (मुस्लिम) रहेका छन । यसै गरी मोटरसाईकल पछाडी सवार रहेका अर्का सप्तरी रुपनी बस्ने १९…
ताप्लेजुङ, ३ फागुन । तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद केन्द्रिय समितिको आयोजनामा १२ औं केन्द्रिय एतिहासिक पार्षद भेला ताप्लेजुङको फुङलिङमा सुरू भएको छ । शनिबार विभिन्न झाकि रयाली गरेर नगर परिक्रमा गर्दै क्रयाक्रमको उद्घाटन गरिएको थियो। तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद केन्द्रिय अध्यक्ष रेशम गुरूङको अध्यक्षताभएको क्रयाक्रमको समुउद्घाटन संस्थाका संरक्षक माया गुरूङले गर्नुभएको थियो । भेलामा देशै भरिबाट ७७ रै जिल्लाका संगठन प्रतिनिधि, प्रदेश प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रध्यापक डा. ओम गुरूङले गण्डकी प्रदेश खारेज गरेर तमुवान स्थापित गर्न माग गर्नुभयो ।राज्यले आदिवासी जनजातिको पहिचान लाई पछाडि परेको र आदिवासी जनजाति बिना भ्रमण बर्ष…
गएको तीन वर्षदेखि प्रेममा रहेका नेपाली फिल्मका ‘लभ बर्डस्’ अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको विवाहको मिति टुंगो लागेको छ । गएको महिना उनीहरु फागुन १७ गते बैबाहिक जीवनमा बाँधिन लागेको खबर बाहिरिएको थियो । तर, ज्योतिषले विवाहका लागि फागुन १५ गते शुभ हुने बताएपछि अब उनीहरुले यही मितिमा लगनगाँठो कस्ने भएका छन् । प्रियंका र आयुष्मानको प्रेम फिल्म ‘कथा काठमाण्डू’ को सेटबाट अंकुराएको थियो । यो फिल्ममा उनीहरुले पहिलो पटक सँगै काम गरेका थिए । विवाहभन्दा अगाडि नै प्रियंका र आयुष्मानले काठमाडौंको भैंसेपाटीमा नयाँ घर किनिसकेका छन् । अहिले उनीहरु घर सेटअपमा व्यस्त छन् ।
झापा, ३ फागुन । आन्तरिक राजस्व कार्यालय भद्रपुरले लक्ष्य भन्दा एक करोड बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक बर्षको सात महिनामा एक अर्ब ८७ करोड राजस्व संकलन गरेको हो । कार्यालयले चालु आर्थिक बर्ष २०७६÷७७ को माघ महिनासम्ममा एक अर्ब ८६ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयले पुराना कर नबुझाएका करदाताबाट यो अवधिमा ४४ करोड उठाउन सफल भएको आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले बताए । चालु आर्थिक बर्षको असार मसान्तसम्ममा ३ अर्ब ६६ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको कार्यालयले सात महिनाको अवधिमा आयकरतर्फ ७७ करोड, मूल्य अभिवृद्धि करतर्फ ८७…
पर्यटकीय देश थाइल्याण्डको फुटेक आइल्याण्डको चर्चित समुद्री तटमा नियम विपरित सेल्फी लिने पर्यटकलाई अधिकतम सजाय ‘मृत्युदण्ड’ हुने अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन् । थाइल्याण्डको सुरक्षा अधिकारीले तट नजिकैबाट फ्लाइट हुने भएकाले मानिसहरूलाई सेल्फीमाथि कडाइ गर्दै चेतावनी यस्तो सजाय हुने ब्यबस्था गरेको हो । सुरक्षाअधिकारीहरुका अनुसार, सेल्फीका कारण विमानस्थलका कर्मचारीहरू हैरान भएका छन् । तर, चेतावनीपछि पनि पर्यटकहरूले सेल्फी भने खिचिरहेकै छन् । थाइल्याण्ड सुरक्षा अधिकारीका अनुसार, नजिकैबाट उडिरहेको विमानका चालकको ध्यान सेल्फी लिनेहरूतर्फ जान सक्ने र खतरा उत्पन्न हुन सक्ने भएकाले पर्यटकहरूलाई चेतावनी दिइएको हो । अधिकारीहरूका अनुसार नियम तोड्ने पर्यटकलाई दिइने सजाय भनेको मृत्युदण्ड हो । यसका लागि तटमा…
सम्माननीय सभामुख महोदय, – आजबाट मेरो नेतृत्वमा गठित नेपाल कम्युनिष्ट पार्टीको सरकारले सत्ता सञ्चालनको ७ सय ३१ दिन अर्थात दुईबर्ष पूरा गरेको छ । लामो समयसम्म ७÷८ महिनाको अवधिमा सरकार फेरिइरहने विगतको अस्थिरतालाई ध्यानमा राख्दा, हाम्रो देशमा एउटै पार्टीको सरकारको आयु २४ महिना पार हुनुलाई पनि एउटा महत्वपूर्ण उपलब्धिका रुपमा लिनुपर्ने अवस्था आउँदो रहेछ । तसर्थ, मुलुकलाई स्थिरताको यस बाटोमा अघि बढाउन प्रत्यक्ष र परोक्ष रुपमा सहयोग पु¥याउनु हुने सबैमा हार्दिक धन्यवाद भन्न चाहन्छु । ¬– गतसाल यसैगरी बर्षभरिका कामको प्रतिवेदन यस सम्मानित सदनमा जानकारी गराउने प्रयास गरेको थिएँ । कारणमा जान चाहन्नँ, तर संसद चलिरहेको बेला यसै गरिमामय सदनले…
नन्दलाल खतिवडाबिर्तामोड, ३ फागुन । झापाको अर्जुनधारा नगरपालिकाले नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल पार्न स्थानीयस्तरबाटै अभियान सुरु गरेको छ । आन्तरिक पर्यटनलाई चलायमान बनाउँदै बाह्य पर्यटकलाई नगरमा भित्र्याउने उद्देश्यले नगरपालिकाको यहाँका सबै वडाबाट वडास्तरीय अभियान सञ्चालन गर्न लागेको हो । नगर प्रमुख हरिकमुार रानाले भ्रमण वर्षलाई सफल बनाउन वडास्तरबाटै थालनी गरेर नगरस्तरीय अर्जुनधारा महोत्सव गर्ने तयारी गरिएको जानकारी दिनुभयो । ‘पहिलो चरणमा आन्तरिक पर्यटकीयस्थललाई प्रवद्र्धन गर्ने अभियान चलाउँछौँ’, प्रमुख रानाले भन्नुभयो, ‘नगरमा भएका पर्यटकीयस्थलसँगै धार्मिकस्थलका बारेमा थप जानकारी दिन महोत्सव गर्छौं ।’ नगरका ११ वटा वडामा आयोजना हुने वडास्तरीय कार्यक्रम प्रत्येक दिन प्रदेश सरकारका मन्त्रीले उद्घाटन गर्ने छन्…
बाहुनडाँगी, ३ फागुन । १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत मेचीनगरस्तरीय छनौट प्रतियोगिता शनिबारबाट सुरु हुँदैछ । मेचीनगर २ स्थित मेची जनसाधारण माविको खेलमैदानमा तीन दिवशीय छनौट प्रतियोगिता सुरु हुन लागेको हो । प्रतियोगिता सञ्चालनका लागि गठित समितिका संयोजक विक्रम क्षेत्रीले नगरस्तरीय छनौटमा नगरका ५२ वटा विद्यालयले भाग लिने जानकारी दिए । समितिका सदस्य सचिव तथा मेची जनसाधारण माविका प्रधानाध्यापक चन्द्रशेखर गुरागाईंले सोमबार समापन हुने प्रतियोगितामा नगरको प्याब्सनतर्फ २२, एन प्याब्सनतर्फ १४ र सामुदायिक मावितर्फ १६ वटा विद्यालय सहभागी हुने बताए । समितिका संयोजक क्षेत्रीका अनुसार नगरस्तरीय छनौट प्रतियोगितामा ट्रयाकतर्फ ९ वटा, फिल्डतर्फ ७ र करातेतर्फ ६ वटा खेलहरु…
झापा, ३ फागुन । झापाको मेचिनगर नगरपालिका–१२ धाइजन स्थित मेची राजमार्गबाट करिब ६० लाख ३१ हजार १ सय रुपैया बराबरको विभिन्न प्रकारका लत्ता कपडाहरु बरामद गरिएको छ । ठुलो परिणामको अबैध सामानहरु ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको मे १ ज १८०७ नम्बरको बोलेरो पिकअप भ्यानलाई रोकेर चेकजाँच गर्दा उक्त गाडी भित्रबाट अबैध रुपमा ल्याईएको बिभिन्न प्रकारका लत्ता कपडाहरु बरामद भएको हो । बरामद गरिएको कपडा , भेन चालक मेचीनगर–७ बस्ने बिकास चन्द्र राजबंशी र पिकअप समेतलाई आवश्यक कारवाहीको लागी क्षेत्रीय राजस्व अनुसन्धान कार्यालय ईटहरी पठाईएको जिल्ला…
झापा, ३ फागुन । झापाको बाह्रदशी गाउँपालिका–२ गच्छीमारीमा ट्याक्टरबाट लडेर स्थानीय २० वर्षीय सुनिल मुर्मुको मृत्यु भएको छ । शुक्रबार अपरान्ह साँढे ४ बजेको समयमा गच्छीमारीको भित्री सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ त ६८२३ नम्बरको ट्याक्टरमा सवार रहेका मुर्मु सोही ट्याक्टरबाट लडेर घाइते भई उपचारको लागि मेची अस्पताल भद्रपुर लगिएकोमा उपचारमा संग्लग्न चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्याक्टर र ट्याक्टर चालक ईलाका प्रहरी कार्यालय राजगढले नियन्त्रणमा लिएको छ ।