
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, १० माघ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको तयारी र आन्तरिक विषयमा पार्टीका शीर्ष नेताहरुले आपसी छलफललाई ती’व्रता दिएका छन् । यसैबीच सभापति शेरबहादुर देउवा निवास बूढानीकण्ठमा आज बिहानदेखि छलफल शुरु भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । शीर्ष नेताहरुबीचको आजको छलफलले गत पुस ११ गतेको पार्टी केन्द्रीय कार्यसमिति बैठकको निर्णयपछि उत्पन्न वि’वाद समाधान गरी टुङ्गो लगाउने बताइएको छ । बैठकमा पार्टीको आगामी महाधिवेशन तालिका, पार्टीका केन्द्रीय विभाग, भ्रातृ संस्थालगायत विषयमा छलफल जारी रहेको एक नेताले जानकारी दिनुभयो । वि’वाद समाधानका लागि यसअघि पार्टी उपसभापति विमलेन्द्र निधि, नेताद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले विभिन्न चरणमा बैठक…
बिर्तामोड, १० माघ । झापाको विर्तामोडबाट चन्द्रगढी जोड्ने भद्रपुर रोडको निर्माण अवधि सकिए पनि काम भने २५ प्रतिशत मात्र भएको छ । आशिष प्रेरा जेभीले निर्माणको ठेक्का लिएको सो रोडमा विभिन्न विवादका कारण काम अघि बढ्न सकेको थिएन । मंसिर ११ गतेदेखि स्थानीय निर्माण व्यवसायी केदार गिरीले स्थानीय ठेकेदारको रूपमा काम गरिरहेका छन् । सम्झौताअनुसार सडक निर्माणको काम सक्नुपर्ने २०७६ पुस मसान्त हो । ‘मैले काम सुरु गरेपछि कामलाई तीव्र बनाएको छु,’ ठेकेदार गिरीले भने, ‘टेलिकम, विद्युत् र खानेपानीको पोल र पाइपले अहिले पनि काम गर्न अप्ठ्यारो भइरहेको छ ।’ उनले असार मसान्तसम्ममा काम सकेर हस्तान्तरण गर्ने बताए । सडक…
धुलावारी, १० माघ । प्रदेश सरकारको अवधारणा अनुसार मेचीनगर–९ को कविशिरोमणि माविमा गठित पूर्व विद्यार्थी समाजले विहीवार विद्यालयका १ देखि ५ कक्षासम्मका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रमबीच समाजले १७५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । समाजका अध्यक्ष सुब्रत न्यौपानेले चिसोका बेला पनि न्यानो कपडाको अभावमा विद्यालय आइरहेका विद्यार्थीलाई हेरेर समाजले न्यानो कपडा वितरण गरेको बताए । ‘देशभित्र र बाहिर रहेका यस विद्यालयका पूर्व विद्यार्थीको सहयोग र उत्साहले यो कार्यक्रम सम्भव भएको हो’, समारोहमा अध्यक्ष न्यौपानेले भने । न्यानो कपडा वितरण अभियानका लागि विद्यालयका पूर्व विद्यार्थी योगराज खनाल, टेकेन्द्र डाँगी र सरोज ओलीले…
इन्द्रप्रसाद चापागाईंप्रमुख प्रशासकीय अधिकृत बुद्धशान्ति गाउँ कार्यपालिकाले गरेका निर्णय चुस्त, प्रभावकारी र तोकिएको समयसीमा भित्र कार्यान्वयन गर्न हामी कर्मचारी प्रशासन लागिपरेका छौँ । जनप्रतिनिधिले यस क्षेत्रको विकासका लागि गर्नुभएका प्रयासमा कर्मचारी वर्गबाट जिम्मेवार ढंगले कार्यान्वयनका निम्ति कार्य भईरहेका छन् । निर्णय कार्यान्वयनको पाटो प्रभावकारी भईरहेको जस्तो हामीलाई लागेको छ, तर यसको मूल्यांकन हामीले भन्दा पनि जनप्रतिनिधि र जनताले गर्ने कुरा हो । गाउँपालिकाले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउने प्रयासहरु भईरहेका छन् । सेवाग्राहीका लागि सहायता कक्ष नै स्थापना गरेर सेवा लिने कुरामा सहजता दिने प्रयास हामीले पौष २४ गतेदेखि सुरु गरेका छौँ । सहायता कक्षले सेवाग्राहीलाई सहयोग नै गरेको अनुभूति…
सुनसरी, १० माघ । सुनसरी हरिनगरा गाँउपालिका–२ भुटाहा बस्ने ४५ बर्षीय सदुल अन्सारी र हरिनगरा–४ बस्ने ४२ बर्षीय लुकमान अन्सारी गाई काटेको आरोपमा पक्राउ परेका छन । आज बिहान सँवा १० बजे सदुल अन्सारी को घरमा गाई काटेको छ भन्ने खबर प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटि गई उनको घरमा बुझ्दा गाईको टाउको, खुकुरी र अचानो सहित दुबै जनालाई नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ ।
एजेन्सी । सिंहलाई वनको राजा भन्ने गरिन्छ । यसको मतलव वन्यजन्तु जति पनि छन्, उनीहरु सिंहदेखि डराउँछन् । यदि सिंहले भेटे उनीहरु सबैलाई आहारा बनाउँछ । यति ख’त’रना’क जन्तुसँग मानिस न’डराउने कुरै भएन । त्यसैले त हामी सिंहको नाम सुन्ने बित्तिकै डराउने गर्छौं । तर त्यहीं खत’रनाक सिंहले एक बालिकाको ज्या’न जोगाएको छ । इथियोपियामा अप्ठ्’यारोमा परेकी एक बालिकालाई ३ जना सिंहले पहरेदारी गरेर सुरक्षा दिएका छन् । इथियोपियाकी एक १२ वर्षिय बालिकालाई केही अ’प’रा’धीहरुले अ’प्ठ्यारोमा पारेपछि सिंहहरुले उनलाई अप ‘राधीहरुबाट बचाउन सफल भएका थिए । केही दिनदेखि हराइरहेकी बालिकाको खोजी गर्दै जंगलमा पुगेका प्रहरीहरुले तीन सिंहको पहरेदारमा रहेको अवस्थामा…
सुनसरी, ९ माघ । सुनसरी ईटहरी–२ हवाइ चोक बस्ने १८ बर्षीय पारस कार्कीले आफ्नै आमा माथी खुकुरी प्रहार गरेका छन । हिजो राती साढे १० बजे घरमा बसिरहेको अवस्थामा ३६ बर्षीया कबिता कार्कीलाई पारसले खुकुरीले शरीरको बिभिन्न भागमा प्रहार गरी घाईते बनाएको र उनको नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ। आमा माथी खुकुरी प्रहार गर्ने पारस कार्कीलाई भनि खुकुरी सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।
झापा, ९ माघ । झापा अर्जुनधारा–११ बस्ने २४ बर्षीय आशिष बस्नेत लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन । हिजो अपरान्ह साढे ४ बजे बिर्तामोड बुट्टाबारी चौक स्थितबाट बस्नेतलाई ९ ग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ। पक्राउ परेका बस्नेत उपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।
झापा, ९ माघ । रोजगारीका लागि कतार जान गरिने स्वास्थ्य परीक्षण निशुल्क भएपनि म्यानपावर कम्पनीले युवाबाट प्रि–मेडिकलको नाममा १३ करोड भन्दा बढी असुलेको पाइएको छ । रोजगारीका लागि नेपाली युवा कतार पठाउँदै आएका म्यानपावर कम्पनीले कतार भिसा सेन्टर काठमाडौंमा निशुल्क गर्न सकिने स्वास्थ्य परीक्षणवापत श्रमिकलाई दोहोरो मेडिकल गर्न लगाएर १३ करोडभन्दा बढी अतिरिक्त शुल्क भराउन बाध्य पारेका हुन् । २०१९ को जुन १८ बाट कतारको गृह मन्त्रालयले बायोमेट सर्भिसेस प्रालिलाई नेपालमा निश्चित आवासीय प्रक्रियाहरुमा काम गर्ने गरी श्रमिकको हकमा निशुल्क मेडिकल र बायोमेट्रिकको सेवा सञ्चालन गर्ने अधिकार दिएको भए पनि म्यानपावरले श्रमिकसँग जनही ४ हजार ५ सय लिएर दोहोरो स्वास्थ्य…
काँकडभिट्टा, ९ माघ । मेचीनगरका दुई अलग–अलग स्थानमा मानव मलमुत्रीय फोहोर प्रशोधन केन्द्र स्थापना भएको छ । संघीय सरकार र स्थानीय नगरपालिकाको संयुक्त लगानीमा काँकडभिट्टा र चारआलीमा केन्द्र स्थापना भएको हो । केन्द्रको बुधवार खानेपानी मन्त्री बिना मगरले उद्घाटन गरिन् । खानेपानी मन्त्रालय अन्तर्गत साना सहरी खानेपानी आयोजनाले झापाको दुई ठाउँमा पाइलट प्रोजेक्टको रूपमा मानव मलमुत्रीय फोहोर प्रशोधन केन्द्र निर्माण गरेको हो । झापाको मेचीनगर नगरपालिकाको वडा नम्बर १ देखि १३ सम्मको लागि काँकडभिट्टाको पूर्व दक्षिणमा अवस्थित मानव मलमुत्रीय फोहोर व्यवस्थापन गर्न प्रशोधन केन्द्र निर्माण गरिएको छ । हालको ६५ हजार १९ जनसंख्या अर्थात १४ हजार ८ सय ९३ घरधुरीका…