झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ८ माघ । विदेशसहित पश्चिम नेपालमा व्यवसायिक रुपमा हुँदै आएको ड्रागन फल खेती झापामा पनि शुरु गरिएको छ । बुद्धशान्ति गाउँपालिका–२ जयपुरका कृषक खगेन्द्र उप्रेतीले ड्रागन फल खेती शुरु गरेका हुन् । उनले सुपारी बगानभित्र यसको खेती गरेका छन् । सुपारी बगानभित्रै अलंैचीको समेत व्यवसायिक खेती गर्दै आएका उप्रेतीले विगत तीन वर्षदेखि ड्रागन खेती गर्दै आएका हुन् । ड्रागन ‘क्याक्टस’ अर्थात सिउँडी प्रजातिमा पर्ने वनस्पति हो । यसलाई ‘रातकी रानी’ उपनामले समेत चिन्ने गरिन्छ । ड्रागन एक प्रकारको फल हो । गर्मी ठाउँमा खेती गर्न सकिने ड्रागन फलमा १२ प्रकारका खनिज तथा भिटामिन पाइन्छ । औषधीय गुणले भरिपूर्ण हुने…

Read More

झापा, ८ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन (अनेरास्ववियू) झापाको संयोजकमा दमकका अनिल सुवेदी चयन भएका छन् । अनेरास्ववियूले सबै जिल्लामा संयोजक र सहसंयोजकको नाम टुङ्गो लगाएसँगै झापाको संयोजकमा सुवेदी चयन भएका हुन् । उनी यसअघि त्तत्कालीन माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य थिए । त्यस्तै सहसंयोजकमा दुर्गा धमला चयन भए । अनेरास्ववियूको केन्द्रीय कमिटीले पूर्णता पाएसँगै ७७ वटै जिल्लामा संयोजक र सहसंयोजक टुंगो लगाएको हो । अनेरास्ववियु केन्द्रीय कमिटीको पहिलो बैठकको जिल्ला संयोजक र सहसंयोजकको नाम टुङ्गो लगाएको अनेरास्ववियुका संयोजक ऐन महराले बताए । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकता भएर नेकपा बनेपछि…

Read More

उर्लाबारी, ८ माघ । मोरङको लेटाङमा एकै दिन दुई बालिकामाथि यौन दुव्यर्वहार भएको छ । तीमध्ये एक बालिका बलात्कृत भएकी छन् । अर्की बालिकामाथि बलात्कारको प्रयास भएको छ । लेटाङ–९ जाँतेमा ११ वर्षीया बालिका बलात्कृत भएकी हुन् । गाउँमा काटेको खसीको मासु लिएर आउँदै गरेका बेला लेटाङ–८ घर भएकी ती बालिकामाथि बलात्कार गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताए । ती बालिकालाई ४६ वर्षीय तीर्थबहादुर कार्कीले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बालिकालाई कार्कीले आफ्नै घरभित्र लगेर बलात्कार गरेको डिएसपी थापाले जानकारी दिए । घरमा श्रीमती नभएको मौका छोपेर गाउँबाट मासु बोकेर आउँदै गरेकी बालिकालाई सुरुमा कार्कीले आफ्नो…

Read More

झापा, ८ माघ । नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा नेपालगञ्जमा हुने भएको छ । युनियनको केन्द्रीय समितिको बैठकले आगामी चैतको २१ र २२ गते महाधिवेशन गर्ने निर्णय गरेको हो । युनियनको प्रतिष्ठान, जिल्ला र विदेश गरी ८७ शाखा छन् । शाखाबाट आएका झण्डै एक हजार ५०० भन्दा बढी प्रतिनिधि महाधिवेशनमा सहभागी हुने केन्द्रीय अध्यक्ष बद्री सिग्देलले बताउनुभयो । हालसम्म ७० शाखामा अधिवेशन भई सकेको छ । बाँकीमा माघभित्र अधिवेशन सक्ने बैठकले निर्णय गरेको महासचिव अजयबाबु शिवाकोटीले जानकारी दिनुभयो । महाधिवेशन सम्पन्न गर्न अध्यक्ष सिग्देलको संयोजकत्वमा महाधिवेशन तयारी मूल आयोजक समिति र डेमोक्रेटिक लर्यस एशोशिएशनका अध्यक्ष योगेन्द्रबहादुर अधिकारीको…

Read More

भद्रपुर, ८ माघ । प्रदेश नम्बर १ को सरकारले लेखा व्यवस्था, खर्च प्रणाली र आन्तरिक लेखापरीक्षणलाई व्यवस्थित गर्ने उद्देश्यले झापामा प्रदेश लेखा इकाई कार्यालय स्थापना गरेको छ । चन्द्रगढीमा स्थापना गरिएको कार्यालयको मंगलबार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्वोले उद्घाटन गरेका छन् । झापामा १७ वटा प्रदेश सरकारको कार्यालय र जिल्लाका १५ स्थानीय तहलाई प्रदेश सरकारबाट प्राप्त हुने अनुदान रकम समेत प्रदान गर्ने जिम्मेवारीसहित कार्यालय स्थापना गरिएको उनले बताए । प्रदेश सरकारले बनाएको आर्थिक कार्यविधि नियामावलीमा नयाँ सर्वेक्षण अनुसार १३ वटै जिल्लामा प्रदेश इकाई कार्यालय स्थापना गर्ने उल्लेख गरे बमोजिम प्रदेशका पाँच जिल्ला झापा, पाँचथर, उदयपुर, धनकुटा र ओखलढुंगामा…

Read More

विराटनगर, ७ माघ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकता भई बनेको प्रेस संगठन मोरङ शाखाको जिल्ला समिति गठन भएको छ । यस अघि संगठन मोरङका संयोजकमा सुदीप कोइराला र सहसंयोजक गोकुल पराजुलीलाई प्रदेश समितिले चयन गरेपनि जिल्ला समितिले पूर्णता पाएको थिएन । संयोजक र सहसंयोजकको बैठकले ३५ सदस्यीय जिल्ला समिति निर्माण गरेको हो । संगठनको केन्द्रीय समिति र प्रदेश समितिको सकुर्लर अनुसार संगठनलाई पूर्णता दिइएको संयोजक कोइरालाले बताउनु भयो । समितिमा तत्कालिन प्रेस चौतारी र प्रेस सेन्टरको कार्यसमितिमा रहेका र केहि संख्या कार्यसमितिभन्दा बाहिर रहेर क्रियाशिल रहेका पत्रकारहरुलाई समेटिएको छ । जिल्ला समितिमा अर्जुनकुमार आचार्य, दिनेश सुब्बा, नेत्र…

Read More

काठमाडौँ, ७ माघ । प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट नेता अग्निप्रसाद सापकोटाको उम्मेद्वारी दर्ता भएको छ । सङ्घीय संसद् भवन, नयाँबानेश्वरस्थित ल्होत्से हलमा आज मध्याह्न उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो । सापकोटाको उम्मेदवारीको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ रहनुभएको छ भने समर्थकमा नेकपाका प्रमुख सचेतक देव गुरुङ र सांसद ओनसरी घर्ती तथा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्ण हुनुहुन्छ । संसद् सचिवालयले आज बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ । सभामुख पदको निर्वाचन यही माघ १२ गते हुँदैछ । आइतबार बसेको नेकपाको सचिवालय बैठकले स्थायी कमिटी सदस्य सापकोटालाई सभामुखको…

Read More

झापा, ७ माघ । सरकारले वैदेशिक रोजगारपछि श्रम स्वीकृतिको अवधिमा नेपालमै रहँदा मृत्यु हुने श्रमिकका आफन्तलाई पनि ७ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ । अब बिदा वा करार अवधिमा नेपालमा रहँदा जसरी मृत्यु भए पनि मृतकका नजिकका नातेदारलाई सरकारबाट आर्थिक सहायता स्वरुप ७ लाख पाउने छन् । वैदेशिक रोजगार बोर्डको गत आइतबार सम्पन्न बैठकले वैदेशिक रोजगारीपछि नेपाल आएर मृत्यु भएका श्रमिकका नाममा समेत आर्थिक सहायता दिने निर्णय गरेको हो ।

Read More

झापा, ७ माघ । हेटौंडाकी तेस्रोलिंगी अजिता भुजेलको बलात्कारपछि हत्या भएको बताइएको छ । शनिबार हेटौंडा–५ क्याप्पा डाँडामा मृत भेटिएकी अजिताको बलात्कारपछि हत्या भएको तेस्रोलिंगी अधिकारकर्मी सूरजकिरण थापाले दावी गरेका छन् । लैंगिक अल्पसंख्यक अधिकारका लागि काम गर्दै आएकी भुजेलको शव वीभत्स अवस्थामा फेला परेको थियो । भुजेलको घटना रहस्यमय रहेकाले गहिरो अनुसन्धानका लागि शवको विस्तृत जाँच गर्न त्रिवि शिक्षण अस्पताल शनिबार नै ल्याइएको छ । अधिकारकर्मी थापाका अनुसार भुजेल नग्न अवस्थामा भेटिएकोले बलात्कार भएको हुनसक्ने अस्पतालका चिकित्सकले बताएका छन् । हेटौंडा–११, नवलपुरकी २९ वर्षकी तेस्रोलिंली अजिताको शवको शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टमपछि नवलपुरमा सोमबार दाहसंस्कार गरिएको छ । पोस्टमार्टममा अजिताको…

Read More

एजेन्सी । सन् २०१७ की मिस वर्ल्डको ताज पहिरिएकी मानुषी छिल्लरले बलिउडमा डेब्यू गर्ने भएकी छन् । उनले अभिनेता अक्षयकुमारको अपोजिटमा फिल्म ‘पृथ्वीराज’ मा खेल्दै बलिउडमा डेब्यू गर्न लागेकी हुन् । उनले यशराज फिल्मस्को ब्यानरमा बन्न लागेको उक्त ऐतिहासिक फिल्म आफ्ना लागि ठूलो सिकाइ हुन सक्ने आशा ब्यक्त गरेकी छिन् । मानुषीले भनिन्, ‘म यति बेला हिन्दी फिल्मको नायिका बन्ने प्रक्रियामा रमाउन चाहन्छु । र, सँगसँगै यो सिकाइको प्रक्रिया पनि हो । किनभने मलाई धेरै टाढासम्म हिँड्नु छ ।’ उनले नायिका बन्न धेरै काम गर्नुपर्ने धारणा राख्दै थपिन्, ‘यो रचनात्मक हिसाबले अत्यन्तै आनन्ददायी काम पनि हो । अझ यशराजजस्तो ठूलो ब्यानरले ममाथि राखेको विश्वास र भरोसाका…

Read More