झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, १ फागुन । यस वर्ष माध्यमिक शिक्षा परिषद् (एसईई)को व्यवस्थापन प्रदेशले गनै भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार शिक्षा ऐन आठौँ (संशोाधन)ले गरेको व्यवस्थाबमोजिम एसईई व्यवस्थापनको जिम्मेवारी प्रदेशलाई दिइएको हुनेछन् । एसइईईमा कक्षा १० का विद्यार्थी सहभागी हुन्छन् । परीक्षामा यस वर्ष नियमिततर्फ ५ लाखभन्दा बढी र गे्रडवृद्धिका लागि ५० हजार विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ । ‘सातवटै प्रदेशका लागि छुट्टाछ्ट्टै प्रश्नपत्रको सेट तयारी हुन्छ । उत्तरपुस्तिका प्रदेश आफैंले छापिसकेको छन्,’ पौडेलले भने, ‘पाठ्यक्रममै आधारित प्रश्नपत्रको स्तर एउटै हुन्छ तर सेट भने फरकफरक हुन्छ । फागुन १ देखि प्रश्नपत्र छपाइ कार्य कडा सुरक्षामा सुरु…

Read More

प्रेमिकासँगको यौनसम्बन्धले ललितपुरका एक किशोर जेल चलान ललितपुर, १ फागुन । प्रेमिकासँग सहमतिमै शारीरिक सम्बन्ध राखे पनि उमेर नपुगेको आधारमा जिल्ला अदालत ललितपुरले एक युवकलाई ८ वर्ष कैद सजाय सुनाएको छ । किशोरीको उमेर १४ वर्षभन्दा मुनि छ । युवक र किशोरी दुवैले मन पराएर प्रेम सुरु भएको र सहमतिमै शारीरिक सम्बन्ध राखेको बयान दिएका छन् । अदालतले पनि उनीहरु कानुनबारे जानकारी नभएको अनुमान गरेको छ । वागमती, ४ स्याउलेका दीपेन्द्र लोलाई अदालतले जेल तोकेको हो । कानुनी अज्ञानतावश त्यस्तो भएको हुन सक्ने निष्कर्षमा अदालत प्ुगेको छ । फौजदारी न्यायमा कानुनको अनभिज्ञता क्षम्य हुँदैन भने सिद्धान्त रहेको अदालतका अधिकारी बताउँछन्…

Read More

झापा, १ फागुन । हाँस्य ब्यङ्ग कलाकारहरुको परिचय पुस्तक ूसेन्स अफ ह्युमर नेपाली सिरिज नेप्लीज कमिक्सू ललितपुरमा बिमोचन भएको छ । बरिष्ठ हास्य ब्यङगकार रामकुमार पाँडेले १ बर्ष लगाएर तयार पार्नु भएको २२४ पृष्ठको किताबलाई अँग्रेजीमा प्रकाशान गरिएको छ । पुस्तकमा हास्य ब्यङ्गको ईतिहास र नेपालका पुराना तथा नयाँ पुस्ताका सम्पुर्ण हाँस्य कलाकारहरुको परिचय रहेको छ । बरिष्ठ पत्रकार युबराज घिमिरे प्रमुख अतिथि रहनु भएको कार्यक्रममा कोरियन राइटर सुसन्ना ली हाँस्य कलाकार किरण केसी लगायत थुप्रै कलाकार साहित्यकारको उपस्थिति थियो । कार्यक्रममा नेपालमा हाँस्ने घरको आवस्यकता र महत्व रहेको भन्दै हाँस्ने घरको परिकल्पनाको अवधारणा बारे हाँस्य कलाकार नक्कली प्रचण्ड घनश्याम…

Read More

काठमाडौं, १ फागुन । नेपालमै इन्सास र एम १६ राइफलको गोली उत्पादन गर्ने नेपाली सेनाको प्रस्ताव भारत सरकारले अस्वीकार गरिदिएको छ । गोलीगठ्ठा तथा विस्फोटक पदार्थ उत्पादन र प्रयोगमा आत्मनिर्भर बन्ने योजनासहित सेनाले नेपालमै इन्सास र एम १६ राइफलमा प्रयोग हुने ५।५६ एमएम गोली उत्पादनमा सहयोग गर्न भारतसमक्ष प्रस्ताव राखेको थियो । उच्च स्रोतले दिएको जानकारीअनुसार सेनाले द्विपक्षीय औपचारिक तथा अनौपचारिक वार्ता र छलफलका क्रममा एसएलआर, इन्सास र एम १६ राइफलका लागि चाहिने गोलीगठ्ठा उत्पादनमा सहयोग मागेको थियो । तर, त्यसलाई भारतले ठाडै अस्वीकार गरेको सैनिक स्रोतको भनाई छ । नेपालले भारतबाटै गोलीगठ्ठा किनोस् भन्ने रणनीतिका साथ प्रस्तावलाई नमानेको हो…

Read More

सन्तोष शर्माबिर्तामोड, १ फागुन । झापा कचनकवल गाउँपालिका–३ का ३६ वर्षीय टीका भण्डारीले काम गर्दा गर्दै करेन्ट लागेर दुवै हात गुमाउनुभयो । ज्याला मजदुरी गर्दै परिवारको पालन पोषणा गर्दै आउनुभएका उहाँको दुवै हात गुमेपछि अहिले दैनिकी कष्टकर बन्दै गएको छ । परिवारको भरणपोषण गर्ने उहाँ नै अशक्त बनेपछि अहिले उहाँसँगै परिवारको बिचल्ली भएको छ । अरु त अरु खानदेखि दिसापसिाब गर्न समेत उहाँलाई अरुको सहारा चाहिन्छ । जीवनमा अकल्पनीय घटना भए पनि उहाँको बाँच्ने र केही गर्ने सोच भने मरेको छैन । ‘न हुनुपर्ने भयो, अब त्यसलाई परिवर्तन गर्न सकिन्न’, भण्डारीले भन्नुभयो, ‘कृत्रिम हात लगाउन मिल्ने थाहा पाएको छु, तर…

Read More

भक्तपुर, २९ माघ ।सवारी चालक अनुमतिपत्र अर्थात् सवारी ट्रायल निःशुल्क गर्नुपर्ने माग गर्दै भक्तपुरका ड्राइभिङ व्यवसायीहरुले यातायात व्यवस्था कार्यालय भक्तपुरमा विरोध गरेका छन् । भक्तपुरमा सवारी चालक अनुमतिपत्र लिन प्रयोग गरिने सवारीसाधनमध्ये दुईपाङ्ग्रेका लागि रु २०० र चारपाङ्ग्रेका लागि रु ३५० शुल्क लिने गरी कार्यालयले बोलपत्र आह्वान गरेपछि व्यवसायीले विरोध गरेका हुन् । भक्तपुर मोटर ड्राइभिङ इन्स्टिच्युटका सञ्चालक गोकुल बनले यातायात कार्यालयले आर्थिक चलखेल गरी मनोमानी ढङ्गबाट गोप्यरुपमा बोलपत्र आह्वान गरेको भन्दै बोलपत्र प्रक्रिया खारेज गर्न माग गर्नुभयो । सर्वोच्च अदालतले निःशुल्क ट्रायल लिने व्यवस्था मिलाउन दिएको आदेशको अवज्ञा गर्दै जिल्लाका कुनै पनि ड्राइभिङ व्यवसायीहरुसँग कुनै समन्वय नगरी सःशुल्क बोलपत्र आह्वान…

Read More

काठमाडौँ, २९ माघ । गरीबी निवारण कोषले गरीबी न्यूनीकरणका कार्यक्रम सञ्चालन नगर्ने भएपछि सरकारले सातै प्रदेशमा गरीब लक्षित कार्यक्रम सञ्चालन गर्ने भएको छ । कोषले गरीब वर्गका लागि विभिन्न परियोजनामार्फत करीब रु ३२ अर्ब रकम खर्च गरेको भए पनि त्यसको प्रभाव सम्बन्धित समुदायमा नदेखिएपछि विभिन्न प्रदेशको सम्भाव्यता अध्ययन गरी कृषि, पशुपालन, हस्तकला, सिलाइबुनाइलगायत कार्यक्रमलाई व्यावसायिकरुपमा अगााडि बढाउन लागिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयद्वारा यहाँ आज आयोजित विज्ञसँगको छलफलमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, सरोकार पक्ष तथा विज्ञ समूहले गरीबी न्यूनीकरणका लागि सरकारी तथा गैर सरकारी क्षेत्रबाट भइरहेका विभिन्न कार्यक्रममा समन्वयको अभावले एकीकृतरुपमा आउन नसकेकाले…

Read More

झापा, २९ माघ । वैदेशिक रोजगारीबाट स्वदेश फकिँदा ल्याउने विभिन्न घरायसी सामग्रीहरुलाई विमानस्थलबाट सहज रुपमा पास हुन पाउनुपर्ने माग राख्दै नेपाल विद्यार्थी संघ झापाले प्रधानमन्त्री समक्ष जिल्ला प्रशासन कार्यालय झापा मार्फत आज ज्ञापन पत्र बुझाइएको छ । देशको आर्थिक मेरुदण्डका रुपमा रहेका दाजु, भाइ, दिदी, बहिनीहरु वैदेशिक रोजगारीबाट स्वदेश फर्किदा ल्याएका घरायसी सामग्रीहरु माथी बन्देज लगाउनु अमानवीय व्यवहार भएको भन्दै ज्ञापन पत्र बुझाइएको नेवि संघ झापाका सभापति राजेन्द्र उप्रेतीले बताएका छन् । कार्यक्रममा नेबिसंघ जिल्ला सभापति राजेन्द्र उप्रेती, सचीव नारायण नेपाल, जिल्ला सदस्य गोकुल पौडेल, मिलन चापागाईं, बिर्तामोड नगर सभापति योगेन थापा, बिनोद प्रसाईं, अनिस सङ्ग्रौला, नवराज मेचे लगायतको उपस्थिति…

Read More

काठमाडौँ, २९ माघ । विशेष अदालतले भ्रष्टाचारको मुद्दामा नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्कालाई रु दुई करोड ५० लाख धरौटी बुझाएर छुट्न आदेश जारी गरेको छ । विशेष अदालतका अध्यक्ष बाबुराम अर्याल र न्यायाधीश प्रमोदकुमार श्रेष्ठ वैद्य तथा नारायणप्रसाद पोखरेलको इजलासले आज बहसपछि खड्कालाई नेपाल इन्भेस्टमेन्ट बैंकको बैंक ग्यारेन्टी राखेर धरौटीमा छुट्ने आदेश जारी गरेकोे विशेष अदालतका प्रवक्ता पुष्प पाण्डेले जानकारी दिनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध गत पुस २३ गते अकूत सम्पत्ति कमाएको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । खड्काले आफू पदमा रहँदा रु १८ करोड ६६ लाख बराबरको गैरकानूनी सम्पत्ति कमाएको आयोगले दर्ता…

Read More

काठमाडौँ, २९ माघ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिनुभएको छ । मन्त्रालयमा परीक्षाको तयारीका सन्र्दभमा आज विभिन्न सरोकारवाला निकायसँगको छलफलमा उहाँले परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिनुभएको मन्त्रीका स्वकीय सचिव सुनिल खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्री पोखरेलले एसइईको प्रश्नपत्र तयारी र छपाइ, परीक्षा केन्द्रको अवस्था र आवश्यक सुरक्षाको तयारीको जानकारीसमेत लिनुभएको थियो । परीक्षा भयरहित र व्यवस्थित हुनुपर्ने भन्दै मन्त्री पोखरेलले प्रश्नपत्र तयारी गर्दा र परीक्षा केन्द्र तोक्दा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । बैठकमा प्रश्नपत्र छपाइ कार्यस्थल व्यवस्थापन तथा अनुगमन समिति गठन…

Read More