झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, ३ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कृषि विकास कार्यालय, तेह्रथुमका प्राविधिक सहायक हरिगोपाल आचार्यसहित तीन जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अलैंचीको बिरुवा खरीद गरी कृषकलाई वितरण गर्दा कमिशन दिने व्यक्तिलाई मात्र दिएको भन्ने गुनासोको आधारमा आयोगले रु १० लाख ८६ हजार ७२५ बराबरको भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो । आयोगले लेखापाल डिल्लीप्रसाद आचार्य रु १० लाख ८६ हजार ७२५ र नायब सुब्बा दुर्गाप्रसाद पौडेलले रु पाँच लाख ४६ हजार २५० बराबरको भ्रष्टाचार गरेको अभियोग लगाएको छ । इलामबाट बिरुवा ल्याउँदा र बिरुवा सम्बन्धित क्षेत्रमा पु¥याउदा गाडी भाडासमेत घोटाला गरेको भन्ने दाबीसहित…

Read More

काठमाडौँ, ३ फागुन । पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर मौसम बदली हुनाका साथै केही भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको नयाँ प्रणालीको विकासले फेरि देशभरिको मौसम प्रभावित भएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । ठूलो वर्षाको सम्भावना नरहे पनि अधिकांश भूभागमा छिटफुट र मध्यम खालको वर्षाको सम्भावना रहेको श्रेष्ठले बताउनुभयो । शनिबार बेलुकादेखि मौसम क्रमशः सुधार हुदै जाने बताइएको छ । राति देशभर मौसम बदली हुनाका साथै पश्चिमी भू भागका अधिकांश स्थानमा र मध्य तथा पूर्वी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै देशका उच्च पहाडी…

Read More

भद्रपुर, ३ फागुन । संघीय समाजवादी फोरम नेपाल भद्रपुर ५ नम्बर वडा कमिटिको प्रथम अधिवेशनले दिनेशकुमार ठाकुरको अध्यक्षतामा ११ सदस्यीय सर्वसम्मत कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा नेहा सुनुवार, सचिव नरेश शर्मा, सहसचिव ललीता ठाकुर र कोषाध्यक्षमा सन्तोष भगतलाइृ सर्वसम्मत चयन गरिएको हो । यसैगरी सदस्यहरूमा क्रमशः रोहित दास, रगिना खातुन, रेस्मा खातुन, दिपेश यादव, युवराज सुनुवार र सोहित चौधरी रहेको नगर सचिव विकासकुमार गुप्ताले जानकारी दिए । संघीय समाजवादी फोरम नेपालका भद्रपुर नगर अध्यक्ष शत्रुधन चौधरीको अध्यक्षता तथा केन्द्रीय सदस्य पृथ्वीनारायण कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रदेश सदस्य सर्वदिन हक, राजेन्द्र याता लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Read More

भद्रपुर, ३ फागुन । भद्रपुर ७ स्थित एमरल्ड एकाडमीमा सम्पन्न अन्र्तर कक्षा छात्र भलिबल प्रतियोगिताको उपाधि होटल म्यानेजमेन्ट कक्षा १२ ले जित्न सफल भएको छ । वार्षिक खेल तालिका अन्र्तगत ३ दिनसम्म चलेको प्रतियोगितामा छात्रातर्फ कक्षा १२ विज्ञान संकायले उपाधि उचाल्न सफल भयो भने व्यवस्थापन संकाय कक्षा ११ उपविजेतामा चित्त बुझाउन बाध्य भयो । यस्तै छात्रतर्फ व्यवस्थापन कक्षा ११ उपविजेतामा सिमित बन्दै खेल सम्पन्न भएको हो । विजेता टिमलाई संस्थापक सदस्य प्रा. डा. पृथ्वीविक्रम राई तथा प्रा. तिलक प्याकुरेलले सम्युक्त रूपमा नगद सहित शिल्ड प्रदान गरेका थिए । प्रतियोगितामा छात्र तथा छात्रा गरी ८ वटा टिमले भाग लिएका थिए ।

Read More

काठमाडौँ, ३ फागुन । आगामी चैत मसान्तभित्रमा स्वास्थ्य बीमा बोर्डले थप नौ जिल्लामा बीमा कार्यक्रम सञ्चालन गर्ने भएको छ । ती जिल्लामा स्याङ्जा, दार्चुला, कञ्चनपुर, हुम्ला, मुगु, बाँके, डोल्पा, सङ्खुवासभा, र मोरङ रहेका छन् । स्याङ्जा जिल्लामा यही फागुन ५ गते बीमा कार्यक्रमको शुभारम्भ हुँदैछ । सिराहा र धनुषा जिल्लामा हालैमात्र बीमा कार्यक्रम शुभारम्भ भएको थियो । नवनियुक्त बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले सो जानकारी दिँदै सबै जिल्लामा बीमाको कार्यक्रम सञ्चालन हुनेछ भन्नुभयो । संविधानको धारा ३५ मा आधारभूत स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकार रहेको छ । यही अधिकारलाई कार्यान्वयनमा ल्याउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बीमा कार्यक्रमलाई उच्च प्राथमितामा…

Read More

काठमाडौं । भारतको चर्चित टेलिभिजन शो सारेगमपा लिटिल च्याम्पमा नेपाली १२ बर्षका आयुष केसी शीर्ष १५मा पर्न सफल भएका छन् । सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको मोर्डन बोर्डिङ स्कुल कक्षा ७ मा पढ्ने आयुश पुरा भारत र नेपाल सहित विश्वभरि नै चर्चामा छन् । अहिले जी टिभीले रिलिज गरेको प्रोमो र आयुशको प्रस्तुति सामाजिक सन्जाल र डिजिटल मिडियामा भाईरल भएको छ । नेपालमै २ बर्ष अगाडि प्रशारण भएको पहिलो राष्ट्रव्यापी बालगायन कार्यक्रम ‘सुरशाला जुनियर आइडल’मा प्रथम भएका आयुषको पहिलो प्रस्तुति भोली शनिबार प्रसारण हुँदैछ । सानैबाट संगीतमा रुचि राख्ने आयुष तीन वर्षको उमेरदेखि गीत गाउँन थालेको आयुषका बुवा रामकृष्ण केसीले…

Read More

बिर्तामोड, ३ फागुन । जिल्ला प्रहरी कार्यालय झापाले छ महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ । बिहीवार दमक, विर्तामोड र काँकडभिट्टामा पत्रकार सम्मेलन गरी प्रहरीले छ महिनाका प्रहरी गतिविधि सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै झापाका प्रहरी प्रमुख एसपी भीमप्रसाद ढकालले कार्यालय व्यवस्थापन, अपराध अनुसन्धान, कर्मचारी अनुशासन तथा क्षमता अभिवृद्धि, अपराध नियन्त्रण, फैसला कार्यान्वयन लगायतमा प्रहरीले अधिकतम् सफलता पाएको बताए । झापालाई मदिरा नियन्त्रित जिल्ला बनाउने अभियान सुरु गरिएको भन्दै एसपी ढकालले स्थानीय तहबाट भएको सहयोग प्रशंसनीय रहेको उल्लेख गरे । यस्ता छन् झापा प्रहरीका छ महिने उपलब्धि ः कार्यालय व्यवस्थापन ःझापा प्रहरीले विर्तामोड, घैलाडुब्बा, झापा, बनियानी, राजजढ, भद्रपुर…

Read More

पोखरा, ३ फागुन । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनअपेक्षाअनुरुप सरकार अघि बढ्न नसकेको बताउनुभएको छ । संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशद्वारा आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले वर्तमान सरकार सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेपछिको सरकार भएकाले जनताले यसबाट धेरै अपेक्षा गरेको बताउनुभयो । सरकारले जनचाहनाअनुरुप क्रमभङ्ग हुने गरी विकासमा फड्को मार्नुपर्ने भए पनि केवल सामान्य क्रमिक विकासका क्रममा अघि बढेको बताउँदै उहाँले देशको अर्थतन्त्र पनि मजबुत बन्न नसकेको उल्लेख गर्नुभयो । गरीबी, बेरोजगारीको समस्या बढ्दै गएको चर्चा गर्दै डा भट्टराईले औषत प्रतिव्यक्ति आय रु १० हजार डलर पु¥याउन दुई दशकसम्म आर्थिक वृद्धिदर दुई अङ्कमा…

Read More

भद्रपुर, ३ फागुन । १८ वर्षयता भद्रपुरमा रहेर शिक्षण गरिरहेका इन्द्रबहादुर खतिवडा एकाएक परिवारसहित गायब भएपछि निकै चर्चाको विषय बनियो । एमरल्ड एकाडेमी तथा मुनाल एकाडेमी भद्रपुरको प्रिन्सिपलको जिम्मेवारीमा रहेका खतिवडा बिना जानकारी एकाएक हराएपछि संस्थागत नेतृत्वमा समेत प्रश्न उठेको थियो । मंसीर अन्तिम साताबाट हराएका खतिवडा हराउनुको कारण भने आफ्नो १० वर्षीय छोरो आविष्कारलाई अपहरण र फिरौती माग गर्ने समूहको त्रास भएको रहस्य खोलेका छन् । उनी भारतको सिलगढी पुगेर सुरक्षासरणमा रहेपछि आफूले काम गर्दै गरेका संस्थालाई जानकारी दिन नपाइ हिँड्नु परेको भेद खोलेका हुन् । नृत्यमा अब्बल रहेको आविष्कारले विभिन्न राष्ट्रिय अन्र्तराष्ट्रि नृत्य प्रतियोगितामा विजय हासिल गर्न थालेपछि…

Read More

रवीन्द्र काफ्ले फिदिम, ३ फागुन । पाँचथरमा उत्पादित कालो ग्यामेरा उखुको सक्खरको माग अत्यधिक रहेको छ । कालो ग्यामेरा उखु कमलपित्त, पत्थरीलगायत रोगको औषधि मानिन्छ । सीमित क्षेत्रमा व्यावसायिकरूपमा खेती हुन थालेको यो उखु उत्पादनको माग पूरा गर्न कृषकलाई हम्मेहम्मे छ । धार्मिक अनुष्ठानमा समेत यो उखुको सक्खरको प्रयोग हुने गरेको छ । फिदिम नगरपालिका–४ तथा हिलिहाङ गाउँपालिका–७ तीनभङ्गालेका नौ परिवारले व्यावसायिक कालो ग्यामेरा उखुको खेती गर्दै आएका छन् । यहाँ यस वर्षबाट करीब ६० क्विन्टल सक्खर उत्पादन गर्न लागिएको छ । माग अत्यधिक रहेका कारण वर्षेनी उत्पादन वृद्धि गर्दै लगिएको अगुवा कृषक मदनकुमार पोखरेलको भनाइ छ । कालो ग्यामेरा…

Read More