
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
मात्रिका पौडेल काठमाडौँ, ३ माघ । गलत नियतले न्याय सम्पादन गरेको भन्दै उच्च अदालतका पाँचजना न्यायाधीशलाई एकैपटक कारबाही गरिएको छ । साढे ३३ किलो सुनकाण्डमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएका अभियुक्तहरुलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिने विराटनगर उच्च अदालतका पाँचजना न्यायाधीशलाई न्यायपरिषद सचिवालयमा तानिएको छ । चोलेन्द्र शमशेर जबराले प्रधानन्यायाधीश भए लगतै गठन भएको संयन्त्रले न्यायिक निगरानीका क्रममा गडबडी भेटिएपछि उनीहरुलाई सामूहिक रुपमा तानिएको स्रोतले जनाएको छ । कारबाहीमा पर्ने न्यायाधीशहरुमा नागेन्द्र लाभ कर्ण, सारङ्गा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेल छन् । उच्च अदालतका न्यायाधीशहरुका एकैपटक यति ठूलो संख्यामा कारवाहीमा परेको सम्भवतः पहिलो पटक हो…
काठमाडौँ, ३ माघ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सङ्घीयता सम्बन्धी कानून जतिसक्दो छिटो निर्माण गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभा, कानून, न्याय तथा मानवाधिकार समितिमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’माथिको छलफलमा उहाँले भन्नुभयो, “सङ्घीयता सम्बन्धी कानूनलाई समितिमा छलफल गरी छिटो अगाडि बढाउनुपर्छ ।” मन्त्री ढकालले ऐन संशोधन गर्दा विज्ञलाई समेत राखेर छलफल गर्न जरुरी भएको र गम्भीर प्रकृतिका बाहेक एकै दिनमा पाँच÷छ वटा मन्त्रालयको विधेयकमाथिको छलफल अगाडि बढाउन जरुरी रहेको बताउनुभयो । पूर्वसभामुख तथा सांसद सुवास नेम्वाङले छोटो समयमा धेरै विधेयकको काम सम्पन्न गर्नुपर्ने भएकाले कानून निर्माण गर्नका लागि सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवलाई पनि अनिवार्यरुपमा…
इलाम, ३ माघ । धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानबाट आएको विशेषज्ञ टोलीले इलाममा अनशनरत् डा गोविन्द केसीको स्वास्थ्य परीक्षण गरेको छ । स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनमा आएको विशेषज्ञ टोलीले डा केसीको स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्य अवस्था नाजुक हुँदै गएको बताएको छ । नौ दिनदेखि आमरण अनशनमा रहनुभएका डा केसीलाई विभिन्न रोगले च्याप्दै गरेको भन्दै अस्पतालमा सघन उपचार कक्ष (इन्टेन्सिभ केयर युनिट) को व्यवस्था गर्न सुझाव दिएको छ । उपचारमा आएको टोलीका प्रमुख तथा प्रतिष्ठानका सह निर्देशक डा विकास शाहले डा केसीको शरीरमा अक्सिजनको मात्रा ८० प्रतिशतसम्म रहेको, श्वासप्रश्वासमा समस्या रहेको र मुटुको चाल ३५ देखि दुई सयसम्म पुगेको जानकारी दिनुभयो…
काठमाडौँ, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रियस्तरको सुख्खा बन्दरगाहले अन्तर्राष्ट्रिय तहको व्यापारिक कारोवारको सञ्जाल विस्तार गर्ने बताउनुभएको छ । चोभारस्थित सुक्खा बन्दरगाहको शिलान्यासका क्रममा प्रधानमन्त्री ओलीले चोभारमा निर्माण गर्न लागिएको उक्त बन्दरगाह सञ्चालन भएपछि निकासी पैठारी सहज हुने बताउनुभयो । मुलुकमा आर्थिक विकास र समृद्धिका लागि उत्पादन वृद्धि गर्नुपर्ने बताउँदै उहाँले विज्ञान प्रविधिको प्रयोग गरी जनताको सिप अभिवृद्धि गर्न सकेमा उनीहरुले गर्ने उत्पादनले आयात प्रतिस्थापन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यो सरकार जनताको हो, उनीहरुको आर्थिक विकास तथा उन्नतिका लागि विकास निर्माणका कार्यलाई अगाडि बढाउछ, स्थानीयवासीको जायज माग सरकारले पूरा गर्छ ।” उहाँले सरकार गठनको पहिलो…
काठमाडौँ, ३ माघ । सरकारी तहबाटै रेल खरीद प्रक्रिया अगाडि बढाइने भएको छ । मन्त्रिपरिषद्को गत पुस २९ बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई रेल खरीदका लागि सैद्धान्तिक स्वीकृति दिएको छ । जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढिरहेका बेला सरकारले सरकारी तहमा नै रेल इञ्जिन खरीद गर्न लागेको हो । कूल ३५ किलोमिटर लामो उक्त रेलमार्गमा रेल चलाउने तयारी भइरहेका बेला सरकारले सरकारी तहमा नै छलफल गरेर भारतसँग रेल खरीद गर्न लागेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले रेलमार्ग सञ्चालनमा ल्याउने उद्देश्यका साथ रेल…
काठमाडौँ, ३ माघ । दोस्रो नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव आगामी फागुन ९ देखि १३ सम्म यहाँ हुने भएको छ । नेपाल फिल्म एण्ड कल्चरल एकेडेमी (नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान)ले आज पत्रकार सम्मेलन गरी यस पटकको महोत्सवमा ३१ देशका ५९ चलचित्र अन्तिम छनोटमा परेको जनाएको छ । महोत्सवमा देखाइने चलचित्रमध्ये नेपालका १६ वटा हुनेछन् । सोका लागि छ फिचर र १० लघु चलचित्र छनोटमा परेका छन् । बाँकी अन्य राष्ट्रका चलचित्र समावेश गरिनेछ । कार्यक्रममा नेपालले अन्तराष्ट्रिय सहकार्यमा बनाएका दुई छोटा चलचित्र पनि देखाइने बताइएको छ । महोत्सवमा सहभागी चलचित्रमध्ये राष्ट्रिय र अन्तरराष्ट्रिय चलचित्र जगत्का ख्यातिप्राप्त चलचित्रविद् सम्मिलित निर्णयकमण्डलबाट मूल्याङ्कन गराई…
सन्तोष शर्मा बिर्तामोड, ३ माघ । नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनसनरत् डा. गोविन्द केसीको जीवन रक्षा गर्ने बताउनुभएको छ । प्रेस चौतरी झापा र प्रेस सेन्टर झापाले आज बिर्तामोडमा संयुक्त रुपमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले त्यस्तो बताउनुभएको हो । ‘डा. केसीसँग सरकारले छलफल र वार्ता गरेर ‘विन विन’को वातावरण सिर्जना गर्छ’, उहाँले भन्नुभयो, ‘सरकार लचिलो हुन्छ, अघि–पछि हट्छ, हठी हुँदैन ।’ डा. केसीको प्रतिष्ठा बचाउन हरसम्भव प्रयास गरिने समेत उहाँले बताउनुभयो । चिकित्सा शिक्षा विधेयकमा डा. केसीको ९९ प्रतिशत माग सम्बोधन गरिएकाले हठ त्यागेर अनसन तोड्न उहाँले आग्रहसमेत गर्नुभयो…
सन्तोष पुर्कुटी ताप्लेजुङ, ३ माघ । अलैँचीको मूल्य बढेर प्रतिमन १ लाख २० हजार रुपैयाँमा कारोबार हुन थालेपछि ताप्लेजुङको सिरिजंघा गाउँपालिका–७ खेवाङका कृषक रनबहादुर सार्की हौसिनुभयो । झण्डै सात लाख रुपैयाँ लगानी थपेर उहाँले अलैँची खेती विस्तार पनि गर्नुभयो । साहुबाट महङ्गो ब्याज दरमा ऋण लिनुभएका सार्कीले ६ लाख रुपैयाँ जति त सिँचाइ पाइप खरिद मै खर्चिनुभयो । बाँकी रकमले बिरुवा किनेर धान उत्पादन हुने खेतमा अलैँची लगाउनुभयो तर, सोचे जस्तो भएन । सधैं २५ मुरी भन्दा बढी धान फल्ने खेतमा अलैँची रोपेपछि उहाँ चामल खरिद गर्न थाल्नुभयो । अलैँची फल्छ, अनि बेचेरै साहुको ऋण तिरौँला भनेर दिनरात खट्नुभएका सार्कीलाई…
बलात्कार अभियोगमा सजाय काटिरहेका बाबा गुरमित राम रहिम सिंहलाई आज मृत्युदण्डको सजाय सुनाइन सक्ने सम्भावना छ । एक साताअघि भएको सुनुवाइमा बाबालाई पत्रकार रामचन्द्र छत्रपतिको हत्यारा ठहर गरिएको छ । यो मुद्दामा आज सजाय सुनाइँदैछ । सिबिआइको विशेष अदालतले आज राम रहिमसमेत ४ जना दोषीहरुलाई सजाय सुनाउँदेछ । अदालतले गत शुक्रबार बाबा राम रहिम, निर्मल, कुलदीप र किशनलाल गरी चार जनालाई हत्यारा ठहर गरेको थियो । अदालतले राम रहिम र किशनलाललाई भारतीय दण्ड विधानको धारा १२० बी र ३०२ अनुसारको दोषी ठहर गरेको छ । धारा ३०२ का दोषीलाई कम्तीमा आजीवन कारावासको सजाय हुन्छ । यो धाराका दोषीलाई मृत्युदण्डसम्मको सजाय…
चलचित्र ‘गरुण पुराड’को कमेडीले दर्शकलाई तानिरहेको छ । यो चलचित्रको ट्रेलर रिलिजसँगै यसले दर्शकको ध्यान खिच्न सफल भएको हो । माघको ४ गतेबाट रिलिज हुने यो चलचित्रलाई चलचित्र सेन्सर बोर्डले ‘पीजी सर्टिफिकेट’ पाएको छ । सुवास कोइरालाको निर्देशनमा तयार भएको यो चलचित्रले ब्यान्ड बाजा बजाउने एउटा समुह र उनीहरुको परिवारले गरेको संघर्षको रमाईलो कथालाई प्रस्तुत गरेको छ । माघ महिना विवाहको महिना भएको र चलचित्रले पनि यस्तै कथा बोकेकाले माघमा रिलिज गर्न लागेको निर्माणपक्षले बताएको छ । चलचित्रमा समावेश ‘म त पिरेममा परे’ बोलको गीत अहिले चर्चामा छ । चलचित्रमा नायक नाजिर हुसेन ब्यान्ड बाजा बजाउने यूवाको भूमिकामा छन् ।…