
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २७ पौष । झापाको कमल गाउँपालिका(४ ज्योतीचोकमा भएको सवारी दुर्घटनामा परी २ जना गम्भीर घाईते भएका छन् । आज बिहान ७ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को १ ख ४४०७ नम्बरको बस र बिपरीत दिशाबाट आउँदै गरेको मे १ च १६८१ नम्बरको कार एक आपसमा ठक्कर खाँदा कारमा सवार कार चालक ईलामको फाकफोकथुम गाउँपालिका(१ का २३ बर्षीय अमृत खड्गा र सोही कारमा सवार पाँचथरका भिम बहादुर बुढाथाकी गम्भीर घाईते भएका हुन् । घाईतेहरुलाई उपचारको लागि तत्काल लाईफ लाईन अस्पताल दमक लगिएकोमा उक्त अस्पतालमा उपचार हुन नसकी थप उपचारको लागि न्युरो अस्पताल बिराटनगर पठाईएको ईलाका प्रहरी कार्यालय दमकले…
कैलाली, २७ पुस । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नयाँ संविधानलाई संस्थागत गर्नमा वर्तमान सरकार चुकिरहेको आरोप लगाउनुभयो । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “दुई तिहाई बहुमतको वर्तमान सरकार संविधानलाई संस्थागत गर्नका लागि ईमानदारिताका साथ अगाडि बढ्न नसकेको हो ।” नेता सिंहले सुशासन, विकास र समृद्धिको नारा सरकार अगाडि सारेको छ तर सरकारको काम कारवाही र गतिविधि हेर्दा भ्रष्टाचारलाई प्रोत्साहन गर्ने खालको देखिएको छ भन्दै जनतालाई केन्द्रविन्दुमा राखेर राहत दिने ठाउँमा सरकार अल्मलिएको जस्तो देखिएको धारणा व्यक्त गर्नुभयो ।
प्रकाश धौलाकोटी तेह्रथुम, २७ पुस । तेह्रथुमको छथर गाउँपालिका–५, ओख्रेका घमण्ड भट्टराईले तीन वटा गाई पाल्नुभएको छ । उहाँ दैनिक १८ लिटर दूध बेच्नुहुन्छ । रातदिन गाईको स्याहारसुसारमा श्रीमान् श्रीमती दुबै खटिनु हुन्छ । दूध बेचेर मात्रै भट्टराई दम्पतीलाई मासिक २४ हजार रुपैयाँ आम्दानी हुन्छ । दूध बेचेर आउने यो रकमले उहाँको परिवार त चलेको छ तर, बचत गरेर अन्य खर्च धान्न भने पुगेको छैन । उहाँलाई गोठभरि एक दर्जन गाई पाल्ने धोको छ । त्यसका लागि आवश्यक इच्छाशक्ति र जमीन पनि छ उहाँसँग । तर, लगानी गर्ने रकम जुटाउन नसक्दा उहाँले व्यावसायिक गाईपालन गर्न सक्नुभएको छैन । सस्तो ब्याजमा…
चन्द्रकला भण्डारी भद्रपुर, २७ पुस । झापाका तीनवटा नगरपालिकाले नगरक्षेत्रबाट निस्कने फोहरबाट ‘मिथेन’ ग्यास उत्पादन गर्ने तयारी गरेका छन् । कनकाई नगरपालिका–२ सन्का बस्तीमा रु ८१ लाखको लागतमा ५४ कठ्ठा जग्गा खरीद गरेर नगरबाट निस्कने फोहर व्यवस्थापन गर्दै मिथेन ग्यास उत्पादन गर्ने तयारी गरिएको हो । विर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाले पटक÷पटक छलफल गरी नगरबाट निस्कने ‘फोहरबाट मोहर’ बनाउन यस्तो निष्कर्ष निकालेका हृुन । अर्जुनधारा र विर्तामोडले नगरपालिकाले कनकाई नगरपालिकालाई नै कामको अख्तियार प्रदान गरेकाले ग्यास प्लान्ट सञ्चालन गर्ने स्थानसम्म पुग्नका लागि बाटो बनाउने र नजिकै रहेको सुरुङ्गा खोलामा बाँध बाँध्ने काम भइरहेको कनपाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो । ग्यास…
डोल्पा, २७ पुस । हिमाली जिल्ला डोल्पाका एक वडाध्यक्ष बुद्धमूर्ति चोरीको आरोपमा पक्राउ परेका छन् । उपल्लो डोल्पाको डोल्पोबुद्घ गाउँपालिका–५ का वडाध्यक्ष कार्मा गुरुङलाई प्रहरीले मूर्ति चोरीको आरोपमा पक्राउ गरेको हो । शे– फोक्सुण्डो गाउँपालिका–४ स्थित राहाप गुम्बाका बुद्ध मूर्ति चोरीको आरोपमा वडाध्यक्ष गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । वडाध्यक्ष गुरुङलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँको बौद्धबाटै पक्राउ गरेको हो । गुरुङ गएको स्थानीय तहको निर्वाचनमा डोल्पोबुद्ध गाउँपालिकाको वडा नं ५ को अध्यक्षमा स्वतन्त्रबाट बिजयी भएका थिए भने पार्टी एकतापछि नेकपामा प्रवेश गरेका थिए । शे–फोक्सुण्डो गाउँपालिका–४ साल्दाङस्थित राहाप गुम्बाकै बौद्घ मूर्ति चोरीको आरोपमा शे–फोक्सुण्डो गाउँपालिका–४ का ४१ वर्षीय…
दमक, २७ पुस । झापा, दमकमा स्थानीय युवाहरुले हाम्रो बाल आश्रम निर्माण गरेका छन् । दमक २ स्थित विभन्न दाताहरुले उपलब्ध गराएको दुई कठ्ठा जमीनमा पक्की आश्रम निर्माण गरिएको आश्रम सञ्चालक समिथितका अध्यक्ष प्रकाश थापाले वताए । परिवार नभएका बालबालिकाको आश्रयका लागि आश्रम निर्माण गरिएको हो । शुरुवातमा ९ जना सञ्चालक समितिका युवाहरुले जनही रु १ लाख रुपैयाँ उठाएर आश्रम निर्माण शुरु गरेका हुन् । दुई वर्ष अघि शुरु गरिएको एक तले पक्की आश्रममा हालसम्म रु ४० लाख खर्च भईसकेको अध्यक्ष थापाले वताए । आश्रमका सचिव साजन श्रेष्ठका अनुसार सबै पेशा व्यवसायमा संलग्न सहयोगीहरुको आर्थिक सहयोगबाट आश्रम बनाउन सफल भएको…
झापा, २७ पुस । झापाको कचनकवल गाउँपालिकाले आज पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको छ । पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने उद्देश्यले सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष अञ्जार आलमले जानकारी दिनुभयो । ‘मुलुक एकीकरणकर्ता उहाँको सम्मानस्वरुप बिदा दिने निर्णय गरिएको हो’, अध्यक्ष आलमले भन्नुभयो । गाउँपालिकामा विविध कार्यक्रम गरी एकता दिवस मनाइने समेत उहाँले बताउनुभयो ।
दमक, २७ पुस । दुई वटा संख्यामा आएको जंगली हात्तीले झापाको कमल गाँउपालिका वडा नम्बर ५ को आधा दर्जन बढी घरमा क्षति पुरयाँएको छ । वडाध्यक्ष डम्बर बहादुर निरौलाका अनुसार वडाको उत्तर जंगलसंग जोडिएको नयाँ बस्ती,टुक्रेका सुकुम्बासी बस्तीहरुमा गएराति दुई वटा संख्यामा आएको हात्तीले त्यहाँका घरहरुमा आक्रमण गरि क्षति पुरयाँएको छ । हात्तीको आक्रमणबाट स्थानीय प्रेमबहादुर दर्जी,दिनेश मल्लिक,नारायण मल्लिक ,फुर्वा तामाङ्गसहितका अन्य दुई जनाको घरको अन्नवाली,घरका भित्ताहरुमा क्षति पुरयाँएको वडाध्यक्ष निरौलाले वताए । नजिकैको जंगलवाट करिव १२ वजेतिर निस्किएको हात्तीले रातभरि त्यस क्षेत्रमा उपद्रो मच्चाएको थियो । हात्तीलाई गाँउलेहरुसहित दमकको प्रहरी , शसस्त्र प्रहरीको सहयोगमा रातीनै जंगलतर्फ धपाईएको समेत वडाध्यक्ष…
बिर्तामोड, २७ पुस । झापाको कृषिथोक बजारमा बिक्रीका लागि ल्याएको तरकारीमा बिषादीको मात्रा उच्च भेटिएको छ । कृषिथोकमा बिक्रीका लागि ल्याईएको ब्रोकाउली र प्याजमा ६५ प्रतिशत विषादीको मात्रा भेटिएको हो । जुन खानै नमिल्ने प्रतिशत हो । झापाको राजगढबाट बिक्रिका लागि बिर्तामोड स्थित कृषि बजारमा ल्याएको ब्रोकाउली र प्याजको नमुना संकलन गरी बिर्तामोडमा रहेको विषादी मापन प्रयोगशालाका कर्मचारीले परिक्षण गरेका थिए । परिक्षणका क्रममा एकै स्थानबाट ल्याईएका ती ब्रोकाउली र प्याजमा ६५ प्रतिशत बिषादीको मात्रा फेला परेको प्रयोगशालाकी प्राविधिक सहायक अञ्जु आचार्यले बताईन् । ‘हामिले कृषिथोक बजारमा व्यापारीले बिक्रिका लागि ल्याएका ब्रोकाउलीको नमुना परिक्षण गरेका हाँै, त्यसमा मानव स्वास्थ्यका लागि…
भद्रपुर, २७ पुस । झापालाई आगामी माघ १ गतेदेखि मदिराको व्यवस्थित कारोवार गर्ने तथा अवैध मदिरा नियन्त्रित जिल्ला घोषणा गरिने भएको छ । आन्तरिक राजश्व कार्यालय चन्द्रगढीले बिहीबार पत्रकार सम्मेलन गरी मदिराकै कारण आपराधिक र घरेलु हिंसाका घटना बढेका कारण सो नियन्त्रणका लागि मदिरा नियन्त्रित जिल्ला घोषणा गरेर अभियान सञ्चालन गरिने जनाएको हो । अपराध नियन्त्रणका लागि असोज ७ गते नै झापाका १५ वटै स्थानीय तह, होटल व्यवसायी सङ्घ, वाणिज्य सङ्घ, जिल्ला प्रहरी कार्यालय र विभिन्न सङ्घसंस्थाले १२ वुँदे प्रतिबद्धता जाहेर गर्दै आगामी माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गर्ने तयारी गरेका थिए । माघ १ गतेदेखि १५…