
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
जयपुर, ९ पुस । झापाको बुद्धशान्ति–२ जयपुरमा समावेशी गुरुकुल निर्माण गर्ने लक्ष्यका साथ शुरु हुन लागेको पुराणको तयारी तिव्र पारिएको छ । यही पौष १५ गतेदेखि २१ गते सम्म जयपुर चौकमा समावेशी गुरुकुल निर्माणको लक्ष्य लिएर श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ आयोजना गर्न लागिएको हो । सो पुराणका लागि विभिन्न उपसमिति गठन गरी तयारीका कार्य तिव्र पारिएको पुराण आयोजक मुल समिति संयोजक लक्ष्मी सुवेदीले जनाएका छन् । स्थानीय परिवर्तनशिल युवा शक्ति नेपालको आयोजनामा हुन लागेको पुराणको प्रमुख व्यास पं. पुष्करकृष्ण अत्री रहने छन् भने उपव्यास पं. खगेन्द्र पोखरेल योगी रहनेछन् । हिन्दु धर्मको रक्षा गर्न र यसको प्रबद्र्धन गर्न यस…
उदयपुर, ९ पुस । उदयपुरको चौदण्डीगढी नगरपालिका(३ भोर्लेनीबाट प्रहरीले प्रतिबन्धित लागू औषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले चौदन्डीगढी नगरपालिका–३ भोर्लेनीमा चेक जाँच गर्ने क्रममा रानीटार बाट फत्तेपुर तर्फ गईरहेको को ३२ प ३८५४ नंम्बरको मोटरसाईकलमा सवार भोजपुर आमचौक गाउँपालिका–७ बस्ने बर्ष २२ को तुलसी राईलाई साढे १० किलो गाँजा सहित पक्राउ गरिएको हो । मोटरसाइकल चालक भोजपुरकै बर्ष ३० को राम श्रेष्ठ तत्काल फरार रहेकोले खोज तलास भईरहेको साथै पक्राउ परेका ब्यक्तिको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।
संखुवासभा, ९ पुस । संखुवासभाको सिलीचोङ गाउँपालिका–४ माङतेवामा भएको आगलागीमा परी ३ घर जलेर नष्ट भएको छ । आईतवार दिउँसो १६ः३० बजेको समयमा स्थानीय प्रताप कुमार राईको घरबाट अचानक आगलागी हुँदा प्रताप कुमार राईको फुसको छानो भएको १ तले घर, नगद रु २५०००, सुन आधातोला, अन्नपात,लत्ताकपडा, भाडावर्तन र काठपात समेत जलेर नष्ट हुँदा अन्दाजी ४ लाख ९९ हजार बराबरको क्षति भएको छ भने छिमेकी अमृतमाया राईको फुसको छानो भएको १ तले घर, नगद रु १००००, चादी ६० तोला, अन्न पात, भाडावर्तन,लत्ताकपडा ,सोलार थान १ र काठपात जलेर नष्ट हुँदा अन्दाजी ३ लाख ५० हजार बराबरको क्षती भएको र सोही आगलागीबाट…
झापा, ९ पुस । १ नम्बर प्रदेश अनतर्गत मोरङको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ । पूर्व पश्वचिम राजमार्ग अन्तर्गत मोरङको बेलवारी नगरपालिका–१० पेट्रोलखानी जंगलमा बसको ठक्करबाट मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको छ । आइतबार दिउँसो साढे २ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना ४ ख ४८१३ नम्बरको बसले सोही दिशा तर्फ जाँदै गरेको मे ८ प १८७८ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकलमा सवार इलाम फाकफोकथुम गाउँपालिका–३ बस्ने बर्ष–२२ को प्रबिन तामाङ र पछाडी सवार झापा बुद्धशान्ति गाउँपालिका–४ बस्ने बर्ष ४० की नरमाया तामाङ घाइते भएका थिए ।…
मोरङ, ९ पुस । मोरङको बिराटनगर महानगरपालिका-१० रोडषेश चोकबाट ठुलो परिणामको अवैध नेपाली रुपैँया सहित २ भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले जोगवनीबाट बिराटनगर तर्फ जाँदै गरेको BR 38 H 6142 नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा कारको पछाडीको डिकीको भागमा झोला भित्र लुकाई छिपाई राखेको बिभिन्न दरको नेपाली रूपैया २४ लाख १५ हजार र भारतीय रूपैया ४ हजार ९ सय सहित विहार राज्य जिल्ला अररिया फारविसगन्ज वडा नं. ९ बस्ने बर्ष २८ को सनोज कुमार साह र वडा नम्बर १६ बस्ने बर्ष ५० की शुशिला देवी गुप्ता साहलाई पक्राउ गरेको हो । पक्राउ…
कनकाई, ९ पुस । कनकाई उद्योग बाणिज्य संघको आगामी पुस १२ गते शनिबार हुन गइरहेको निर्वाचनमा दुई पक्षीय भीडन्त हुने पक्का भएको छ । यस क्षेत्रका स्थापित व्यवसायी मिनाल तिम्सिना र अर्का युवा व्यवसायी त्रिलोचन चिमरियाले आ–आफ्नो प्यानल बनाएर निर्वाचनमा होमिएसँगै कनकाई उद्योग बाणिज्य संघ र यस क्षेत्रका व्यापारी–व्यवसायीलाई चुनावी चटारोले छोपेको छ । कुल १३८५ मतदाता रहेको यस संघमा मनोनित ४ सहित जम्मा २१ पदका लागि निर्वाचन हुने हो । जसमा यसै वर्ष खडा गरिएको वरिष्ठ उपाध्यक्षमा सोमनाथ उप्रेती सर्वसम्मत भएपछि हाललाई अध्यक्ष, उपाध्यक्ष दुई, महासचिव, सचिव दुई, कोषाध्यक्ष र अन्य सदस्य ६ र ३ महिला सदस्य गरी १६ पदको लागि निर्वाचन…
गौरादह, ९ पुस । गौरादह नगरपालिका भित्रका अगुवा किसानहरुलाई उन्नत जातको मकै प्रवर्दन तथा बजारीकरण सम्बन्धी ३ दिने तालिम प्रदान गरिएको छ । चुडाल खरिद बिक्री केन्द्र गौरादहले नगरपालिकाभित्रका वडा नं. १ देखि ७ सम्मका २५ जना किसानहरुलाई मकै खेती गर्ने तरिका सम्बन्धी तालिम दिएको हो । गौरादह–३ को सूर्योदय आधारभूत विद्यालयमा सञ्चालन गरिएको तालिममा क्षेत्रीय कृषी अनुसन्धान केन्द्र तरहरका वरिष्ठ कृषि वैज्ञानिक सन्तोष राज तृपाठीले सहभागी किसानलाई मकैको बिउ पहिचान, रोप्ने तरिका, रोग किरा निवारण र पहिचान सम्बन्धी प्रशिक्षण दिएका थिए । आइतबार तालिम समापनको अवसरमा गौरादह–२ का किसान लक्ष्मीप्रसाद घिमिरेको खेतमा मकै खेती गर्ने प्रयोगात्मक कक्षा सञ्चालन गरियो…
सान नेपाल गौरादह, ९ पुस । कृषि विकास शाखा गौरादहले किसानहरुलाई रोग कीरा नियन्त्रण गर्न स्प्रे टयाङ्की वितरण गरिएको छ । कृषि विकास शाखा कार्यालयमा गौरादह नगरपालिकाका मेयर रोहितकुमार शाहले एक कार्यक्रमका बीच किसानहरुलाई टयाङ्की वितरण गरेका हुन् । नगरपालिकाले किसानहरुलाई राहत दिनका लागि ट्याङ्की खरीदमा ३ लाख उपलब्ध गराएपछि नगरपालिका भित्रका किसानहरुलाई ७५ प्रतिशत अनुदानमा १०० जना किसानहरुलाई ट्याङकी वितरण गरिएको हो । कार्यालयले दुई जना माछापालक किसानहरुलाई एरिएटर मेसिन पनि वितरण गरेको छ । नगरपालिकाभित्र बसोेबास गरी आर्थिक अवस्था विपन्न भएका किसानहरु, आदिबासी, दलित र जनजाति समुदायका किसानहरुलाई स्प्रे ट्याङकी वितरण गरिएको कृषि विकास शाखा प्रमुख प्रदिप कुमार…
झापा, ९ पुस । विभिन्न विषयको अध्ययनपछि भारतको महाराष्ट्रबाट प्रदेश नं. १ का सामाजिक मन्त्री जीवन घिमिरे नेतृत्वको टोली फर्किएको छ । प्लास्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन, वातावरण तथा पर्यापर्यटनको संरक्षण, फोहोरबाट बायोग्याँस उत्पादन, फिल्मी क्षेत्रको अध्ययन तथा नेपालका पर्यटकीय गन्तव्यमा फिल्म छायाँकनका लागि प्रस्ताव, प्रस्तावित मनमोहन प्राविधिक विश्व विद्यालय र भारतको महाराष्ट्रस्थित पुणेमा रहेको एमआईटी विश्व शान्ति विश्वविद्यालयबीच मैत्री सम्बन्ध स्थापना लगायतका विषयको अध्ययन, छलफल र प्रस्ताव राखेर आठ सदस्यीय टोली स्वदेश फर्किएको हो । टोलीका सदस्य कनकाई बिर्ता अर्जुन नवीकरणीय ऊर्जा कम्पनीका प्रबन्ध निदेर्शक दिपक चापागाईंका अनुसार मन्त्री घिमिरेले राख्नुभएको मैत्री सम्बन्धको प्रस्तावलाई विश्वविद्यालयको तर्फबाट युनिभसिटीका संस्थापक अध्यक्ष प्राडा विश्वनाथ डी.…
वालिङ, ८ पुस । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गगनकुमार थापाले केपी ओली नेतृत्वको सरकार बरालिएको टिप्पणी गर्नुभएको छ । चापाकोट उद्योग वाणिज्य सङ्घले आयोजना गरेको प्रथम चापाकोट महोत्सवको आज स्याङ्जाको चापाकोटमा समापन गर्दै नेता थापाले इतिहासकै बलियो सरकारका रुपमा रहेको वर्तमान केपी ओली नेतृत्वको सरकार बरालिएको टिप्पणी गर्नुभयो । “बलियो सरकारले गरेका सम्पूर्ण कार्य पूरा हुनुपर्छ”, नेता थापाले भन्नुभयो, “कमजोर सरकार बरालियो भने सम्हाल्न सकिने तर बलियो सरकार बरालिँदा अन्यलाई समेत अप्ठ्यारो परेको छ ।” “सरकार बलियो भएका बेला जस्तोसुकै पनि कार्य गर्न सक्ने वर्तमान सरकारले सन्तोषजनक काम गर्न सकेन”, नेता थापाले भन्नुभयो, “इतिहासकै बलियो सरकार हुँदाहुँदै…