
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, २४ भदौ । स्वदेशमा रोजगारी नपाएर बिदेसिने धुनमा रहेका बेरोजगार युवासँग दैनिक ५० लाख रुपैंयाँको हाराहारी ठगी हुने गरेको छ। वैदेशिक रोजगारीमा गए ‘पैसा टिप्न’ पाइन्छ भन्ने प्रलोभनमा परेका युवासँग मेनपावर र तिनमा एजेन्टले ठूलो रकम ठगिरहँदा सरकारी निकाय भने रमितेजस्तै देखिन्छन्। जसरी पनि विदेश जानुपर्छ भन्ने सोच पालेका बेरोजगार युवासँग ठूलो रकम असुली हुँदा समेत ठगी गर्नेलाई कारवाही भने नगन्य मात्रामा हुने गरेको छ। वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको सुरुको साउनमा मेनपावर र तिनका ऐजेन्टले १० करोड ८९ लाख रुपैंयाँ ठगेको भन्दै उजुरी परेको छ। बेरोजगार ठग्ने मेनपावरको तुलनामा एजेन्ट अगाडी छन्। साउन मेनपावर९संस्थागत० ठगेको भन्दै…
अर्जुनधारा, २३ भदौ । युवा संघ र वाइसिएल झापाले यस वर्षको तीज अनाथ आश्रममा मनाएका छन । अर्जुनधारा ६ मा अवस्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा रहेका बालबालिकालाई तीजको दर खुवाउनका साथै उक्त केन्द्रका बालबालिकाको शिक्षा र खानाका लागि नगद २५ हजार समेत नगद सहयोग हस्तानतरण गरिएको वाइसिएल झापाका उपाध्यक्ष कुमार आचार्यले बताउनुभयो । कार्यक्रममा युवा संघका केन्द्रिय सदस्य पर्वत भण्डारी , जिल्ला अध्यक्ष शंम्भु भण्डारी , महिला विभाग प्रमुख निरु आचार्य , वाइसिएलका जिल्ला उपाध्यक्ष कुमार आचार्य , महिला विभाग प्रमुख कल्पना मुखिया लगायातको सहभागिता रहेको थियो । युवाले उक्त रकम सरोकार केन्द्रका संञ्चालक कृष्ण दुलाललाई हस्तानतरण गर्नुभएको थियो…
विर्तामोड, २३ भदौ । नारायण गोपाल स्मृति प्रतिष्ठान झापाको शनिबार सम्पन्न प्रथम अधिवेशनले मोहन सिवाकोटीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिका उपाध्यक्ष भीष्म उप्रेती, सचिव रुद्रप्रसाद सिटौला, सहसचिव नारायण शिवाकोटी र कोषाध्यक्ष पर्शुराम सिटौला रहेका छने भने सदस्यहरुमा श्याम गुरुङ, टीकाराम ढकाल, अर्जुनकुमार पाठक, अम्विका कटुवाल, सुरभी गुरुङ र यशोदा दाहाल भण्डारी रहेका छन् । कार्यक्रम उद्घाटन समारोहमा बोल्दै विर्तामोड नगरपालिका, वडा नं. ३ का अध्यक्ष भोजराज सिटौलाले स्वयंसेवी भावनाको कमी हुँदै गएको अवस्थामा प्रतिष्ठानले संगीतको उत्थान र समाज सेवामा अग्रसर भएकोमा खुशी व्यक्त गरे । संगीत, कला र साहित्यको समृद्धिका लागि वडा र नगरपालिका तहबाट आवश्यक…
लहान, २३ भदौ । आफ्नै छोराको कुटपिटबाट गम्भीर घाइते भएका सिरहा लहान नगरपालिका–४ इस्लामपुरका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । मृत्युहुनेमा लहान नगरपालिका–४ इस्लामपुरका ६० वर्षीय मोहम्मद अताबुल मियाँ रहेको प्रहरीले जनाएको छ । जग्गासम्बन्धी बिवाद हुँदा आफ्नै माइलो छोरा २६ वर्षीय मोहम्मद कमाल मियाँको कुटपिटबाट शुक्रवार गम्भीर घाइते भएका अताबुल मियाँको बिराटनगरस्थित म्याक्स अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो । बुवालाई कुटपिट गर्ने मोहम्मद कमाल फरार रहेकाले उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । यसैगरी जग्गाको विषयमा विवाद हुँदा सिरहा गोलबजार–३ तेतरीयामा आज आफ्नै बुबाले छोरा र बुहारीमाथि खुकुरी प्रहार गरेको छ…
भक्तपुर, २३ भदौ । नयाँ फौजदारी एवं देवानीसंहिताले स्वच्छ पत्रकारिता गर्नलाई नरोक्ने कानूनविद्ले बताएका छन् । नेपाल पत्रकार महासङ्घ भक्तपुरको समन्वयमा राष्ट्र निर्माण मञ्चले आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा कानूनविद्हरुले संहितादेखि पत्रकार आत्तिनु नपर्ने बताएका हुन् । कार्यक्रममा भक्तपुर जिल्ला अदालतका न्यायाधीश डा श्रीप्रकाश उप्रेतीले पत्रकार लगायतका अन्य पेशाको व्यावसायिक स्वतन्त्रतालाई स्थापित गर्नुपर्ने बताउनुभयो । “पत्रकारितालगायत चिकित्सक तथा वकिलको व्यावसायिक स्वतन्त्रतालाई कुण्ठित गर्न हुँदैन, अहिलेकोसंहिता त्यसरी आएको छैन, पहिला सबै अध्ययन गरेर मात्रै विरोध गर्ने गरौँ, व्यावसायिक स्वतन्त्रताका नाममा अरुलाई अनावश्यक हानी पु¥याउन भने पाइन्न ।” आफ्नो व्यावसायिक स्वतन्त्रताप्रति पत्रकार र सञ्चारक्षेत्र सचेत र सजक रहनुपर्ने बताउँदै उहाँले पत्रकारिताको नाममा…
काठमाडौँ, २३ भदौ । बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसीप फुटबलअन्तर्गत आज साँझ हुने बङ्गलादेशविरुद्धको खेलमा नेपालले दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले भुटानविरुद्ध खेलेका मध्ये दुई खेलाडी परिवर्तन गरेको हो । बङ्गलादेशविरुद्ध पनि गोलकिपर किरण चेम्जोङले कप्तानी सम्हाल्नेछन् । नेपालले आज अन्जन विष्टको स्थानमा भरत खवास र विशाल राईको स्थानमा निराजन खड्कालाई टोलीमा राखेको नेपाली प्रशिक्षक बालगोपाल महर्जनले जानकारी दिनुभयो । सेमिफाइनलमा स्थान बनाउन नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ । मुख्य प्रशिक्षक महर्जनले आजको खेलमा नेपाली टोलीलाई चार, चार, दुईको ढाँचामा खेलाडी मैदान उतार्ने बताएका छन् । नेपाली टोलीमा गोलकिपर किरण चेम्जोङ, डिफेन्डरमा सुमन अर्याल, अनन्त तामाङ,…
बनियानी, २३ भदौ । झापाको हल्दिबारी गाउँपालिका–४ का वडाध्यक्ष होमप्रसाद चुडालले आफूले पाउने सेवा–सुविधा समाजिक कार्यमा खर्च गर्नुभएको छ । वडाध्यक्ष चुडालले गाउँपालिकाबाट प्राप्त रू २ लाख २० हजार सामाजिक कार्यमा खर्च गर्नु भएको हो । हल्दिबारी–४ स्थित दिपेन्द्र मावि, महेन्द्र माविका कक्षा–१ देखि ५ सम्मका २७५ जना विद्यार्थीलाई ब्याग र महेन्द्र माविलाई मिदास ‘इ–क्लास सफ्टवेयर’ का लागि गरी कूल रू १ लाख १४ हजार ३७५ प्रदान गर्नुभएको छ । सोही वडाका किराँतेश्वर गुरुकूललाई रू ७० हजार र पाथीभरा पर्यटकीय विकास क्षेत्रको पितृ सुक्त कार्यक्रमका लागि रू १५ हजार रुपैयाँ प्रदान गरेको वडाध्यक्ष चुडालले बताउनुभयो । त्यस्तै, गाउँपालिकाले प्रदान गरेको…
प्रेममा मान्छे अन्धो हुन्छ भनिन्छ । सायद त्यहीँ भएर होला दुईजना युवतीहरु एउटै प्रेमीसँग भाग्न तयार भए । यो मामिला तबमात्र बाहिर आयो, जब त्यो प्रेमीले केही समयको मस्तीपछि दुईमध्ये एक प्रेमिकालाई रेलभित्रै छाडिदियो । अनि रेलभित्रै एउटा अनौठो त्रिकोणीय प्रेमकहानीको अन्त्य भयो । घटना भारतको छत्तिसगढको हो । रायगढमा बस्ने एकजना युवकले एकसाथ दुईजना युवतीलाई आफ्नो प्रेमजालमा फसाए र दुवैलाई आफूसँगै लिएर भाग्यो । दुईवटै प्रेमिकालाई विभिन्न ठाउँमा घुमाएर मस्ती गरेपछि उक्त युवकले छल गर्यो । दुईमध्ये एकजना प्रेमिकालाई रेलमा चढाइदियो र आफू एकजना प्रेमिका लिएर सुइँकुच्चा ठोक्यो । प्रेमीले आफूलाई धोका दिएपछि ती छाडिएकी युवतीले स्थानीय पुलिस चौकीमा…
काठमाडौँ, २३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पाँच वर्षभित्र नेपालबाट गरीबी हटाइने दृढता दोहो¥याउनुभएको छ । आज बालुवाटारमा आयोजित ओली वंश अक्षय कोषको वार्षिक साधारणसभा तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले नेपालीलाई गरीबीमा बाँच्नै नसुहाउने बताउँदै विगतका शासकको कमजोरीका कारण नेपालीले यस्तो नियति भोग्नुपरेको विचार व्यक्त गर्नुभयो । “स्रोत साधनले भरिपूर्ण रहेर पनि नेपाली गरीब हुन सुहाउने कुरा होइन” प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब पाँचवर्ष भित्रमा कोही पनि नेपालीले गरीब हुनुपर्दैन ।” प्रधानमन्त्री ओलीले सरकारले सुशासन र विकासको बाटोबाट सुखी र समृद्धि नेपाल निर्माण गर्ने बताउनुभयो । “कतिपय मानिस देश बनेन…
बुटवल, २३ भदौ । पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताउनुभएको छ । आज बुटवलमा बुद्ध टेलिभिजनको ११ औंँ वार्षिकोत्सवमा उहाँले स्वतन्त्र प्रेस लोकतन्त्रको सौन्दर्य हो भन्नुभयो । सभापति देउवाले बुद्धको दर्शन र शिक्षा टेलिभिजनमार्फत प्रचारप्रसार गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली काँङग्रेसका सचेतक बालकृष्ण खाँणले प्रदेश नं–५ को राजधानी बुटवल बनाउन जुनसुकै कदम चाल्न आफू तयार भएको उल्लेख गर्दै कसैले पनि बुटवलको राजधानी सार्न सक्दैन भन्नुभयो । उहाँले पत्रकारितालाई कुण्ठित गर्न सरकारले नीति र योजना बनाएको आरोप लगाउँदै प्रेस प्रजातन्त्रको मेरुदण्ड भएको उल्लेख गर्नुभयो । सो अवसरमा प्रतिनिधिसभाका सदस्य भरत शाह, नेपाली काँङग्रेसका…